संबिधानसभा सदस्य फेरी ६०१ नै !

काठमाण्डु टुडे २०७० भदौ १९ गते १५:५६ मा प्रकाशित

काण्डमाण्डु १९ भदौ–उच्चस्तरिय राजनीतिक समिति र संघीय समाजवादी पार्टी वीच बुधवार भएको वार्ता ६०१ सदस्यीय संबिधानसभा बनाउन समझदारी नजिक पुगेको छ ।

CA-buildingमुलुकको अर्थतन्त्रलाई धरासायी बनाउन जम्बो संबिधानसभा पनि जिम्मेवार रहेको आरोप लागेपछि उच्चस्तरिय राजनीतिक समितिमा आबद्ध प्रमुख चार दलले संबिधानसभा संख्या घटाउने प्रयास गरेका थिए । संबिधानसभा सदस्य संख्या ६०१ बनाउने बिषय समझदारी नजिक पुगेको संघीय समाजवादीका अध्यक्ष अशोक राईले बताए । उच्चस्तरिय राजनीतिक समितिमा आवद्ध मधेशी जनअधिकार फोरमले ६०१ सदस्यीय संबिधानसभा बनाउन नहुने अडान लिदै आएको छ ।

यसअघि एकीकृत माओवादी,काँग्रेस,एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका वीचमा संबिधानसभालाई ४९१ सदस्यीय बनाउने समझदारी भएको थियो । वार्तामा काँग्रेसले ऐजेण्डा तय गरी सर्वपक्षीय सभा बोलाउने तर्क गरेको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए । संघीय समाजवादी पार्टीले भने सर्वपक्षीय सभाले नै ऐजेण्डा तय गर्नु पर्ने आफनो धारणा दोहोरयाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us