पहिरोले मादी हाइड्रो पावरका प्राविधिक पुरिए

काठमाण्डु टुडे २०७० भदौ २० गते ६:५० मा प्रकाशित

पोखरा, २० भदौ– कास्कीको सिल्दजुरे गाविसमा निर्माणाधिन माथिल्लो मादी हाइड्रो पावरमा पहिरो जाँदा इलेक्ट्रिसियन पदमा कार्यरत एक प्राविधिक पुरिएका छन् । कास्की इन्द्रपोखरीका ३५ बर्षीय सुकदेव भट्टराई पुरिएका हुन् ।

विहीबार विहान आठ बजेतिर पहिरो खसेर उनी पुरिएको आयोजनाका सहायक को–अर्डिनेटर राज कुमार बरालले जानकारी दिए । साथीहरुले पहिरो खस्न लागेको जानकारी गराए पनि जेनेरेटर बन्द गरेर भाग्ने क्रममा उनी पहिरोमा पुरिएको प्रत्यक्षदर्शीले बताएका छन् । कास्कीका प्रहरी उपरीक्षक केदार रिजालले घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको जानकारी दिए ।

पहिरोले २५ मेगावाट क्षमताको माथिल्लो मादी हाइड्रो पावरको सुरुङमार्ग र जेनेरेटर कक्षमा क्षति पुगेको छ । सो स्थानमा केही दिन अघिदेखि नै ढुंगामाटो खस्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us