आज कुशेऔंसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाण्डु टुडे २०७० भदौ २० गते ४:२७ मा प्रकाशित

Father's-dayकाठमाण्डु, २० भदौ – आज कुशेऔंसी अर्थात् बाबुको मुख हेर्ने दिन । आजै हिन्दू धर्मावलम्बीहरू वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउँदैछन् ।

गोकर्णे औँसीका नामले पनि चिनिने यो पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई सम्मान प्रकट गर्दै बाबुको मुख हेर्ने गर्छन् ।

बाबु नहुनेहरू देवस्थल एवम् नदी, तलाउलगायत पवित्र स्थानमा गई दिवङ्गत पिताको नाममा दान तर्पण र श्राद्ध गर्दछन् । विशेषगरी आज उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा श्राद्ध, तर्पण तथा दान गर्नेहरूको ठूलो घुइँचो लागेको छ ।

‘पितृदेवो भवः’ भन्ने वैदिक मान्यताअनुरूप आज छोराछोरीहरूले आफ्ना बाबुलाई श्रद्धापूर्वक भोजन गराएमा सन्तानलाई सुख शान्ति मिल्ने र पुण्य प्राप्ति हुने जनविश्वास छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us