आज मानव बेचविखनविरुद्धको दिवस

काठमाण्डु टुडे २०७० भदौ २० गते ४:३६ मा प्रकाशित

काठमाण्डु, २० भदौ – ‘हाम्रो गन्तब्य, मानव बेचबिखनको अन्त्य’ भन्ने मूल नाराका साथ मानव बेचविखनविरुद्धको सातौं राष्ट्रिय दिवस विहीबार बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको संयोजकत्वमा राष्ट्रिय महिला आयोग, माइती नेपाल लगायत संघसंस्थाले काठमाडौंको राष्ट्रिय सभागृहबाट विहान जनचेतना मूलक र्याली निकालेका छन् । दिवसको अवसरमा मन्त्रालयले मानव बेचबिखनको अवस्था र रोकथामका प्रयासबारे समेटिएको ‘यात्रा’ नामक बार्षिक बुलेटिन पनि प्रकाशित गरेको छ ।

महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धी २००२ लाई दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसदले २०६३ भदौ २० गते अनुमोदन गरेको सम्झनामा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन थालिएको हो ।

बिभिन्न जिल्लाबाट बार्षिक ३ सय जना महिला तथा बालबालिका कुनै न कुनै रुपमा बेचबिखनमा पर्ने गरेको मन्त्रालयलको तथ्यांक छ । अशिक्षा, जनचेतनाको अभाव तथा गरिबीका कारण बेचबिखन बढ्ने गरेको सरोकारवालाको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us