दाङ, ४ असोज –श्रीमानको हत्यापछि फरार रहेकी दाङकी एक महिला र उनको छोरालाई इलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रबार विहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमारे गाविस–१ बस्ने ३५ वर्षीया दिलकुमारी नेपाली र उनका १८ वर्षीय छोरा गौरव रहेका छन् । प्रहरी टोलीले आमा–छोरालाई...
महोत्तरी, ४ असोज–बुधबार बिहान अपहरणमा परेका महोत्तरी बथनाहा गाविस–९ का पुरुषोत्तम ठाकुर अपहरणमुक्त भएका छन् । भागीरथ ठाकुरका १७ वर्षीय छोरा पुरुषोत्तमलाई बिहीबार राती भारतीय प्रहरीले भारतकै सुरसण्ड शहरको विन टोलबाट उद्धार गरेको हो । भारतीय प्रहरीले युवक ठाकुरलाई खोज्दै जाँदा स्थानीय श्रीचन मुखियाको...
काठमाण्डु, ४ असोज – आगामी संविधानसभा चुनावका उम्मेदवार छान्न एकीकृत माओवादीले गृहकार्य जारी राखेको छ । उम्मेदवार छनौटबारे छलफल गर्न शुक्रबार विहान केहीबेर बसेको केन्द्रीय कार्यालय बैठक दिउँसो ३ बजेसम्मकालागि स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा विहान बसेको बैठकमा उम्मेदवारहरुको...
काठमाण्डु, ४ असोज – ‘शान्ति र शिक्षा : समृद्ध नेपालको अपेक्षा’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय शान्ति दिवस विविध कार्यक्रम आयोजना गरी देशभर मनाइदै छ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन यो दिवस मनाउने प्रचलन अनुरूप यस वर्ष शिक्षालाई प्राथमिकता दिएर दिवस मनाउन...
काठमाण्डु, ४ असोज– हिन्दू परम्पराअनुसार शुक्रबारबाट सोह्र श्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म १६ दिन विभिन्न तिर्थस्थल वा घरघरमा पितृहरुको श्राद्ध गर्ने चलन छ । बाबुआमा नहुनेहरुले पितृहरुको सम्झनामा घरमै वा नजिकको जलाशयमा गएर स्नान गरि धार्मिक विधिअनुसार श्राद्ध गर्दछन्...
काठमाण्डु, ३ असोज –भारतले हतियारसहित नेपाल प्रवेश गरी बर्दियाको गुलरियामा नेपालीको घरमा छापा मारेको पुष्टि भए आफ्ना दोषी सुरक्षा अधिकारीमाथि कारबाही हुने जनाएको छ । नेपालस्थित भारतीय दूतवासले बिहीबार एक विज्ञप्ति जारी गर्दै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । विज्ञप्तिमा नेपाली भूमिमा नेपाली पक्षको...
काठमाण्डु, ३ असोज – एकीकृत नेकपा माओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले बर्दियामा भारतीय प्रहरीको खानतलासी र तनहुँमा जर्मन राजदूतले दिएको अभिव्यक्तिले नेपालको संप्रभूतामा गम्भीर आघात परेको टिप्पणी गरेका छन् । ...
काठमाण्डु ३ असोज–अमेरिकी वायु सेनाको जहाज नेपाली अधिकारीहरुको अनुमतिबिना अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार तीनघण्टा अवतरण गरेर फिर्ता भएको छ । अपराह्न २ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाज ५ बजेर १० मिनेटमा उडेको थियो । जहाजमा अमेरिकी वायु सेनाका नौ जना थिए...
काठमाण्डु, ३ असोज–निर्वाचन आयोगले आउँदो मंसीर ४ हुने संविधानसभा चुनावको कार्यतालिका एक हप्ता सारेको छ । चुनावी वातावरणका लागि उच्चस्तरीय राजनीतिक समितिले कार्यतालिका सार्न आग्रह गरेअनुसार निर्वाचन आयोगले कार्यतालिका एकहप्ता पछि सारेको हो । आग्रह अनुसार आयोगले प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयन दर्ता एक...
काठमाण्डु, ३ असोज– तराईमा सशस्त्र गतिविधि गर्दै आएको जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा विलय भएको छ । राजधानीमा बिहीबार भएको कार्यक्रममा भगत सिंह नेतृत्वको उक्त समूह फोरम लोकतान्त्रिकमा समाहित भएको हो । पश्चिम तराई क्षेत्रमा विगत पाँच वर्षदेखि आपराधिक...
काठमाण्डु, ३ असोज - समन्वय विना बर्दिया छिरेर नेपालीको घरमा छापा मार्ने भारतीय प्रहरीले गल्ती भएको स्वीकार्दै माफी मागेका छन् । जिल्ला प्रहरी कार्यालय गुलरियामा उनीहरुले टेलिफोन गरी आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धतासमेत जनाएका छन् । नेपाल प्रहरीले सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीलाई रोक्न नसक्नु...
काठमाण्डु, ३ असोज – नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्वमा चारजनाले दावी गरेका छन् । दुई बर्षे कार्यकालकालागि निवर्तमान उपाध्यक्षहरु नवीना लामा, लक्ष्मण लम्साल र भीम राई तथा महासचिव किशोरविक्रम मल्लले अध्यक्ष पदमा दावी गरेका हुन् ।...