अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको जहाज

काठमाण्डु टुडे २०७० असोज ३ गते १७:१४ मा प्रकाशित

US Air Forceकाठमाण्डु ३ असोज–अमेरिकी वायु सेनाको जहाज नेपाली अधिकारीहरुको अनुमतिबिना अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार तीनघण्टा अवतरण गरेर फिर्ता भएको छ ।
अपराह्न २ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाज ५ बजेर १० मिनेटमा उडेको थियो । जहाजमा अमेरिकी वायु सेनाका नौ जना थिए । जहाज आउनुको कारणबारे नेपाली अधिकारी र नेपालस्थित अमेरिकी दूतावासले केही खुलाएको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले अमेरिकी सेनाको विमानले अवतरणका लागि पूर्वस्वीकृति नलिएको बताए ।

विमानस्थलका सुरक्षा प्रमुख डीआईजी गोपाल भण्डारीले अमेरिकी वायुसेनाको जहाज आएको स्वीकार गरे । तर किन आएको भन्ने सम्बन्धमा केही थाहा नभएको उनले बताए । उनले विमानमा ल्याइएको सामान के थियो भन्ने सम्बन्धमा समेत अनविज्ञता जनाए । उनले विमानमा दूतावासका कागजपत्र ल्याइएको हुनसक्ने अनुमान गरे । विमानस्थल सुरक्षा स्रोतका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाकर्मी र कर्मचारीलाई समेत जहाज नजिक जान रोक लगाइएको थियो । नेपाली सेनाले भने
यससअघि पनि पटकपटक अमेरिकी वायुसेनाको जहान नेपालमा अवतरण हुने गरेको विमानस्थल स्रोत बताउँछ ।

भारतीय प्रहरीले पूर्वसूचनाविना बदिर्यामा गरेको छापा, निर्वाचनबारे जर्मन राजदूतको आदेशात्मक टिप्पणी आइरहेको बेला अमेरिकी विमान अवतरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
एमाले नेता माधव नेपाल प्रधानमन्त्री रहेका बेला दुई वर्षअघि भारतीय जासुसी बिमान मुगुको केर्नी गाविसमा अवतरण गररे फर्किएको थियो । केर्नी चीनको तिब्बतसँग सीमा जोडिएको गाविस हो । एक वर्षअघि तिब्बती शरर्णार्थी बोकेर भारतको नयाँदिलल्लीबाट काठमाडौँका लागि उडेको जहाज भने नेपाली अधिकारीहरुले आकाशबाटै फर्काइदिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us