शान्ति दिवसको अवसरमा र्‍याली

काठमाण्डु टुडे २०७० असोज ४ गते १:४५ मा प्रकाशित

काठमाण्डु, ४ असोज – ‘शान्ति र शिक्षा : समृद्ध नेपालको अपेक्षा’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय शान्ति दिवस विविध कार्यक्रम आयोजना गरी देशभर मनाइदै छ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन यो दिवस मनाउने प्रचलन अनुरूप यस वर्ष शिक्षालाई प्राथमिकता दिएर दिवस मनाउन लागिएको हो ।

दिवसको सन्दर्भमा शुक्रबार बिहान रत्नपार्कस्थित शान्तिबाटिकाबाट शान्ति र्‍याली सुरु भई बबरमहलस्थित शान्ति कोषको सचिवालयमा पुगेर टुङ्गिने छ । दिउँसो शान्ति तथा पुनःनिर्माण मन्त्रालय परिसरमा हुने विशेष समारोहमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, शान्तिमन्त्री रामकुमार श्रेष्ठ तथा विभिन्न दातृ समुदायका प्रतिनिधिको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।

नेपालमा सन् २००२ देखि अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us