
दाङ, ४ असोज –श्रीमानको हत्यापछि फरार रहेकी दाङकी एक महिला र उनको छोरालाई इलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रबार विहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमारे गाविस–१ बस्ने ३५ वर्षीया दिलकुमारी नेपाली र उनका १८ वर्षीय छोरा गौरव रहेका छन् ।
प्रहरी टोलीले आमा–छोरालाई पञ्चकुले गाविस–२ बाट शुक्रबार बिहान पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।
श्रीमती र छोराको कुटपिटबाट गम्भीर घाइते भएका सुवर्ण नेपालीको गत भदौ २४ गते राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।