नेपालमा छापा मार्नेलाई कारबाही हुन्छः भारत

काठमाण्डु टुडे २०७० असोज ३ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, ३ असोज –भारतले हतियारसहित नेपाल प्रवेश गरी बर्दियाको गुलरियामा नेपालीको घरमा छापा मारेको पुष्टि भए आफ्ना दोषी सुरक्षा अधिकारीमाथि कारबाही हुने जनाएको छ ।
indiaनेपालस्थित भारतीय दूतवासले बिहीबार एक विज्ञप्ति जारी गर्दै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । विज्ञप्तिमा नेपाली भूमिमा नेपाली पक्षको समन्वयबिना छापा मार्ने आफ्नो सरकारको नियत नभएको भन्दै संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ । हतियारसहित नेपाल पसेका १४ जनाको भारतीय प्रहरी टोलीले गुलरियास्थित मन्जुरकुमार श्रेष्ठको घरमा बुधबार छापा मारेको थियो ।
त्यसबारे नेपालमा चर्को विरोध भइरहेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत माओवादी नेता बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत छामा मारिएको सम्बन्धमा आपत्ति जनाएका छन् । उनले नेपालीको घरमा भारतीय सुरक्षाकर्मीले छापा मारिनुलाई नेपाली सार्वभौमसत्तामाथिको नांगो हस्तक्षेपको संज्ञा दिएका छन् । यसैबीच घटनाको विरोधमा स्थानीय राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणले बर्दियाको गुलरियामा बिहीबार साँझ प्रदर्शन गरेका छन् ।

india

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us