भगत सिंह नेतृत्वको सशस्त्र समूह फोरम लोकतान्त्रिकमा समाहित

काठमाण्डु टुडे २०७० असोज ३ गते १४:५५ मा प्रकाशित

काठमाण्डु, ३ असोज– तराईमा सशस्त्र गतिविधि गर्दै आएको जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा विलय भएको छ ।
राजधानीमा बिहीबार भएको कार्यक्रममा भगत सिंह नेतृत्वको उक्त समूह फोरम लोकतान्त्रिकमा समाहित भएको हो । पश्चिम तराई क्षेत्रमा विगत पाँच वर्षदेखि आपराधिक गतिविधि गर्दै आएको उक्त समूह सरकारसँगको वार्तामा छ ।

फोरम लोकतान्त्रिकले भगत सिंहसहित १० जनालाई केन्द्रीय सदस्य बनाउने भएको छ । यस्तै ६ जनालाई संविधानसभा निर्वाचानमा प्रत्यक्ष र समानुपातिक उम्म्देवार बनाउने सहमति दुई पक्षबीच भएको छ । गभत सिंह समूहले आफू फोरम लोकतान्त्रिकको नीति, विचार र सिद्धान्तअनुसार शान्तिपूर्ण राजनीतिमामार्फत आउने र मधेस–तराईका सवाललाई फोरम लोकतान्त्रिकको झन्डामुनि बसेर समाधान खोज्ने प्रतिबद्धता जनाएको छ ।

पार्टी एकताको सहमतिपत्रमा लोकतान्त्रिकका महासचिव जितेन्द्र देव र जनतान्त्रिकका कार्यबाहक अध्यक्ष मनोजकुमार मण्डलले हस्ताक्षर गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us