उम्मेदवारी दिने समय एक हप्ता लम्बियो

काठमाण्डु टुडे २०७० असोज ३ गते १४:५६ मा प्रकाशित

काठमाण्डु, ३ असोज–निर्वाचन आयोगले आउँदो मंसीर ४ हुने संविधानसभा चुनावको कार्यतालिका एक हप्ता सारेको छ । चुनावी वातावरणका लागि उच्चस्तरीय राजनीतिक समितिले कार्यतालिका सार्न आग्रह गरेअनुसार निर्वाचन आयोगले कार्यतालिका एकहप्ता पछि सारेको हो । आग्रह अनुसार आयोगले प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयन दर्ता एक हप्ता पछि सारेको हो । सरकारले पनि आयोगलाई प्रत्यक्ष र समानुपातिकको मनोनयन दर्ता एक हप्ता पछि सार्न आग्रह गरेको थियो । 

आयोगको निर्णय अनुसार अब प्रत्यक्षको मनोनयन दर्ता असोज १७ गते र समानुपातिकको असोज १४election_commission गते मनोनयन दर्ता हुनेछ । यसअघि असोज ७ मा समानुपातिक र असोज १० मा प्रत्यक्षको मनोनयन दर्ता गराउनु पर्ने थियो । आयोगका प्रवक्ता महेश्वर न्यौपानेले उम्मेदवारको मनोनयन दर्ताको समय एक हप्ता पछि सारेपनि निर्वाचनको मुल कार्यतालिका परिवर्तन नहुने बताए । उनले सरकार र उच्चस्तरीय राजनीतिक समितिले आग्रह गरेअनुसार मुल कार्यतालिका परिवर्तन नहुनेगरी समय सारिएको बताए । 

चुनावका लागि अब निर्वाचन आयोगका कर्मचारी दशैं विदामा पनि खटिने भएका छन । निर्वाचन आयोगले एकहप्ता मनोनयनको समय सारिएपछि दशैं विदामा पनि काम गर्ने निर्णय गरेका छ । निर्णयसंगै आयोगका कर्मचारीले दशैको विदा नपाउने र त्यो समयमा मतपत्र छाप्ने काम हुने आयोगका प्रवक्ता न्यौपानेले काठमाण्डूटुडेलाई बताए । आयोगका अनुसार समानुपातिक तर्फको उम्मेदवारको सूची आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा बुझाउनुपर्ने हुन्छ भने प्रत्यक्ष तर्फको नाम सम्बन्धीत जिल्ला निर्वाचन आयोगको कार्यालयमा बुझाउने पर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us