समाचार

काँग्रेसले युवा जमातबाट उम्मेदवार छान्ने

२०७० असोज २ गते ३:४६

काठमाण्डु, २ असोज । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले आगामी निर्बाचनकालागि युवा जमातबाट उम्मेदवार छनौट गर्ने बताएका छन् । गणेशमान सिंहको १७ औं स्मृति दिवसको अवसरमा शोभा भगवतीमा बुधबार विहान आयोजित कार्यक्रममा उनले भने, ‘जनआन्दोलन र पार्टीमा योगदान गरेको, जनआधार भएको र युवा जमातबाट...

पेस्तोलसहित युवक पक्राउ

२०७० असोज २ गते ३:१२

महोत्तरी, २ असोज – महोत्तरीको गौशाला गाविसमा गएराति नलकटुवा पेस्तोलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रामनगर–७ बस्ने २० वर्षीय जनक महतो रहेका छन् । महतोको साथबाट प्रहरीले एक थान गोलीरहित नलकटुवा पेस्तोल बरामद गरेको प्रहरी निरीक्षक दीपक गिरीले जानकारी...

एमाले उम्मेदवार छान्न अन्चल प्रमुखको सहारा

२०७० असोज २ गते २:१३

काठमाण्डु, २ असोज – नेकपा एमालेले आगामी चुनावका उम्मेदवार छनोट गर्न अन्चल कमिटी प्रमुखहरुसँग बुधबार छलफल गर्दैछ । अञ्चलका संयोजकहरूबाट सुझाव लिएर प्रत्यक्ष र सामानुपातिक तर्फमा उम्मेदवारको अन्तिम सूची तयार पार्ने एमाले सचिव शंकर पोख्रेलले जानकारी दिए । ‘देशभरबाट सिफारिस भएर आएका उम्मेदवारका नामबारे...

माओवादी मोर्चाले लहान र बुटवलमा सभा गर्दै

२०७० असोज २ गते २:१२

काठमाण्डु, २ असोज – चुनावी प्रक्रियाको विरोध गर्दै आएको नेकपा–माओवादी नेतृत्वको मोर्चाले बुधबार सिराहा र रुपन्देहीमा जनसभा गर्दैछ । चरणवद्ध रुपमा देशका विभिन्न क्षेत्रमा बन्दका कार्यक्रम गरिसकेको माओवादीले बुधबारबाट विरोध सभा सुरु गरेको हो । सिराहा सदरमुकाम लहान र रुपन्देहीको बुटवलमा दिउँसो सभा गरिने...

उपत्यकामा आज इन्द्रजात्रा मनाइँदै

२०७० असोज २ गते २:१०

काठमाण्डु, २ असोज– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको...

राष्ट्रपतिबाट बाधाअड्काउ फुकाउ अध्यादेश स्वीकृत

२०७० असोज २ गते १:०२

काठमाण्डु, १ असोज – राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार बाधाअड्काउ फुकाउ अध्यादेश संशोधन गरेका छन् । त्यसअघि दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले दलहरुबीच भएको सहमतिअनुसार संविधान संशोधनको बाधाअड्काउ अध्यादेश सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकलगत्तै बाधाअडकाउ फुकाउ अध्यादेश पेस गर्न मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी...

काँग्रेस नेता मायालु एकीकृत माओवादीमा

२०७० असोज १ गते १४:२४

काठमाण्डु, १ असोज– पूर्वमन्त्री एवम् काँग्रेस महासमिति सदस्य खेमराज भट्ट मायालु र एमाले पूर्वसांसद् ध्रुव लम्साल एकीकृत माओवादी प्रवेश गरेका छन् । माओवादी मुख्यालय पेरिसडाँडामा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई टीका र अबिर लगाएर पार्टी प्रवेश गराए । मायालु...

अमेरिकी र चिनियाँ राजदूतबाट प्रचण्डसँग भेट

२०७० असोज १ गते १३:४७

काठमाण्डु, १ असोज – नेपालका लागि अमेरिका र चिनियाँ राजदूतले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् । अमेरिकी राजदूत विलियम पिटर बोड्डे र चिनियाँ राजदूत ऊ छुन्थाई प्रचण्डलाई भेट्न मंगलबार उनको लाजिम्पाटस्थित निवास पुगेका थिए ।...

बाह्य शक्तिको इशारामा सहमति भाँडिएको वैद्य मोर्चाको आरोप

२०७० असोज १ गते १३:२३

काठमाण्डु, १ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चाले उच्चस्तरीय राजनीतिक समितिसँग हुनै लागेको सहमति बाह्य शक्तिको इशारामा भाँडिएको निष्कर्ष निकालेको छ । माओवादी कार्यालय बुद्धनगरमा मंगलबार बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मोर्चाका नेता देव गुरुङले चार दल विदेशी शक्तिको अगाडि झुकेका कारण सहमतिको...

निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्ने तयारी

२०७० असोज १ गते ११:२०

काठमाण्डु–संबिधानसभा निर्वाचनको सुरक्षाका लागि सरकारले सेना परिचालन गर्ने भएको छ । सुरक्षा परिषदको बुधवार साँझ बालुवाटारमा बसेको बैठकले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउनका लागि सरकारले सेना परिचालन गर्ने निर्णय गरेको एक उच्च अधिकारीले बताए ।  ती अधिकारीका अनुसार मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको निवासमा...

उम्मेद्वारी दर्ता गर्न जानेलाई कब्जा गर्छौ: गजुरेल

२०७० असोज १ गते १०:०५

काठमाण्डु, १ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी उपाध्यक्ष सिपी गजुरेलले निर्वाचन आयोगको कार्यतालिका अनुसार संविधानसभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्न नदिने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लवले राजधानीमा आज गरेको कार्यक्रममा उनले आफूहरुको सहमतिबिना उम्मेद्वारी दर्ता गर्न खोज्नेलाई कब्जामा लिएर मनोनयन नै दर्ता गर्न...

पूर्वाञ्चल विश्वविद्यालयको ताला खोल्न माग गर्दै प्रदर्शन

२०७० असोज १ गते ९:०२

काठमाण्डु, १ असोज – मोरङको विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा शाखामा लगाइएको तालाबन्दी खोल्न माग गर्दै प्रमुद दल समर्थित विद्यार्थी संगठनले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले मंगलबार बिहान ९ देखि १० बजेसम्म एक घण्टा सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । तालाबन्दीका कारण नियमित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us