माओवादी मोर्चाले लहान र बुटवलमा सभा गर्दै

काठमाण्डु टुडे २०७० असोज २ गते २:१२ मा प्रकाशित

maoist flagकाठमाण्डु, २ असोज – चुनावी प्रक्रियाको विरोध गर्दै आएको नेकपा–माओवादी नेतृत्वको मोर्चाले बुधबार सिराहा र रुपन्देहीमा जनसभा गर्दैछ । चरणवद्ध रुपमा देशका विभिन्न क्षेत्रमा बन्दका कार्यक्रम गरिसकेको माओवादीले बुधबारबाट विरोध सभा सुरु गरेको हो । सिराहा सदरमुकाम लहान र रुपन्देहीको बुटवलमा दिउँसो सभा गरिने माओवादी सचिव देव गुरुङले जानकारी दिए ।

राष्ट्रपति, सरकार र उच्चस्तरीय राजनीतिक समितिले मोर्चालाई सहमतिमा ल्याउने प्रयास विफल भैसकेको छ । सरकार र उच्चस्तरीय राजनीतिक समिति विदेशीको दवावमा परेकाले सहमतिको प्रयास विफल भएको मोर्चाले निष्कर्ष निकालेको छ । सरकार र उच्चस्तरीय राजनीतिक समितिसँग भएको सहमति प्रयास विफल भएपछि मोर्चाले मंसिर ४ को चुनाव सशक्त वहिस्कार गर्ने घोषणा गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us