एमाले उम्मेदवार छान्न अन्चल प्रमुखको सहारा

काठमाण्डु टुडे २०७० असोज २ गते २:१३ मा प्रकाशित

uml officeकाठमाण्डु, २ असोज – नेकपा एमालेले आगामी चुनावका उम्मेदवार छनोट गर्न अन्चल कमिटी प्रमुखहरुसँग बुधबार छलफल गर्दैछ । अञ्चलका संयोजकहरूबाट सुझाव लिएर प्रत्यक्ष र सामानुपातिक तर्फमा उम्मेदवारको अन्तिम सूची तयार पार्ने एमाले सचिव शंकर पोख्रेलले जानकारी दिए ।

‘देशभरबाट सिफारिस भएर आएका उम्मेदवारका नामबारे सम्बन्धित अञ्चलका इन्चार्जहरुसंग छलफल गर्ने कार्यक्रम छ,’ सचिव पोख्रेलले भने ।

एमालेले पहिलो चरणमा प्रत्यक्ष तर्फका उम्मेदवार छनोटको तयारी गरेको स्रोतले जनाएको छ । क्षेत्र, जिल्ला र अञ्चल कमिटी हुँदै करिब ८ सय उम्मेदवारको नाम केन्द्रमा सिफारिस भएको छ । समानुपातिकतर्फ भने करिब ४ हजार सम्भावित उम्मेदवारको नामावली आएको एमालेले जनाएको छ ।

एमालेमा धेरैजना उम्मेदवारको आकांक्षी रहेकाले अन्तिम सूची तयार पार्न अप्ठेरो परेको छ । आफूलाई टिकट दिन माग गर्दै जिल्ला जिल्लाबाट नेताहरु केन्द्रीय कार्यालय र प्रभावशाली नेताको निवास धाउने गरेका थिए । स्थानीय नेताको दवाव बढेपछि एमालेले सबैलाई जिल्लामा फर्किएर चुनावको तयारी गर्न निर्देशन दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us