पेस्तोलसहित युवक पक्राउ

काठमाण्डु टुडे २०७० असोज २ गते ३:१२ मा प्रकाशित

imagesमहोत्तरी, २ असोज – महोत्तरीको गौशाला गाविसमा गएराति नलकटुवा पेस्तोलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रामनगर–७ बस्ने २० वर्षीय जनक महतो रहेका छन् । महतोको साथबाट प्रहरीले एक थान गोलीरहित नलकटुवा पेस्तोल बरामद गरेको प्रहरी निरीक्षक दीपक गिरीले जानकारी दिए ।

गएराति करिब ८ बजे गौशालादेखि रामनगरतिर गइरहेका महतोलाई शंका लागेर गस्ती टोलीले गौशाला–७ स्थित बाटोमा जाँच गर्दा उनको साथबाट नलकटुवा पेस्तोल बरामद भएको हो । महतोलाई इलाका प्रहरी कार्यालय गौशालामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us