उपत्यकामा आज इन्द्रजात्रा मनाइँदै

काठमाण्डु टुडे २०७० असोज २ गते २:१० मा प्रकाशित

काठमाण्डु, २ असोज– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाइँदैछ ।
Indra_jatra_01हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।
तान्त्रिक विधिद्वावारा पूजा गरी काभ्रेको नालास्थित जङगलमा छोडिएको बोकाले छोएको रुख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङगो तयार पार्ने गरिन्छ । इन्द्रजाकाका अवसरमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्धी बैठकमा जीवित देवीका रुपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ । जात्रा अवधिभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्दंको वाहन ऐरावत हात्तीको प्रतीकका रुपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
इन्द्रजात्राका अवसरमा काठमाडौँबाट करिब चार कोस पश्मिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us