काठमाण्डु, ३ असोज – सरकारले मंसिर चार गते हुने दोस्रो संविधानसभा चुनावमा सेना परिचालन गर्ने बिषयमा राष्ट्रपतिलाई औपचारिक जानकारी गराएको छ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले विहीबार विहान राष्ट्रपति रामवरण यादवलाई भेटेर सेना परिचालन गर्ने तयारीबारे जानकारी गराएका हुन् । राष्ट्रपतिलाई भेट्न रेग्मी शितल...
काठमाण्डु, ३ असोज–निर्वाचन आयोगले उम्मेद्वार मनोनयन दर्ताको समय एकसाता पछि सार्ने तयारी गरेको छ । सरकार र उच्चस्तरीय राजनीतिक समितिले प्रत्यक्ष र समानुपातिकको मनोनयन दर्ताको समय केही दिन पछि सार्न आयोगलाई आग्रह गरेका थिए । आग्रह अनुसार कति दिन पछि सार्ने भन्ने निर्णय लिन...
काठमाण्डु, ३ असोज–सदभावना पार्टीकी अध्यक्ष सरीता गिरीले आफूलाई धम्की आएकोले अनसन तोड्न बाध्य भएको खुलासा गरेकी छन् । राज्य पुनसंरचना आयोगले बुझाएको प्रतिवेदन सार्बजनिक गर्नुपर्ने, हिन्दी भाषालाई राष्ट्रिय भाषा र धोतीकुर्तालाई राष्ट्रिय पोशाकको मान्यता दिनुपर्नेलगायत माग राख्दै उनी काठमाण्डुको शान्तिवाटीकामा अनशन बसेकी थिइन् ।...
ललितपुर, ३ असोज – यातायात व्यवस्था विभागले केही समयका लागि चारपाँङ्ग्रे सवारीको लाइसेन्स ट्रायल परीक्षा रोकेको छ । पुतलीसडकस्थित नेसनल ट्रेडिङको प्राङ्गणमा दसैंको सुपथ मूल्य बजार सुरु भएको कारण जनाउँदै विभागले चारपाङ्ग्रे सवारीको ट्रायल परीक्षा रोकेको हो । ‘सँधै ट्रायल लिने प्राङ्गणमा टेन्ट लगाएर...
काठमाण्डु, ३ असोज–पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलन थालेका विभिन्न १७ विद्यार्थी संघ संगठनले विहीवार नेपाल आयल निगमको कार्यालय घेराऊ गरेका छन् । उनीहरुले विहान ९ बजेदेखि ११ बजेसम्म बबरमहलस्थित निगम कार्यालय घेराऊ गरेका हुन् । कर्मचारीलाई प्रवेशमा रोक लगाउने गरि घेराउ गरिएकाले केहीबेर कामकाज प्रभावित...
काठमाण्डु, २ असोज–सरकारले आगामी मंसिर ४ गतेका लागि घोषित संविधानसभा चुनाव प्रभावित नहुने गरी उम्मेदवारी दर्ताको समय केही दिन पछि सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले समानुपातिक र प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ता गर्ने समय केही दिन पर सार्न आयोगलाई आग्रह...
काठमाण्डु, २ असोज–निर्बाचनमा उम्मेदवार छनौट गर्ने संसदीय बोर्ड गठन गर्ने विषयमा नेपाली काँग्रेसमा विवाद चुलिएको छ । प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेद्वारी मनोनयन दर्ताको समयसीमा नजिकिए पनि काँग्रेसले बोर्ड गठन गर्न सकेको छैन । बरिष्ठ नेता शेर बहादुर देउवा पक्षले १४ सदस्यीय बोर्डमा ७...
बर्दिया, २ असोज– नेपाली पक्षलाई जानकारी नै नदिई हतियारसहित आएका भारतीय प्रहरीले बर्दियामा एक नेपालीको घरमा छापामा मारेको छ । सीमावर्ती भारतको लखीनपुरका डिएसपीसहित १४ जनाको हतियारधारी टोलीले स्थानीय मञ्जुलकुमार श्रेष्ठको घरमा नेपाली प्रशासनको जानकारी बेगर छापा मारेको हो । भारतीय नम्बर प्लेटको यूपी...
पाँचथर, २ असोज–नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु आसन्न महाधिवेशन नजिकिदै गर्दा प्रतिनिधि पर्यवेक्षक छनौटमा विवाद बढदै गएको छ । विवाद बढने क्रममा पाँचथरमा कुटाकुट भएको छ । अनेरास्ववियूका केन्द्रीय सदस्य सहित जिल्ला कमिटी पदाधिकारीमाथि युवा संघका कार्यकर्ताले कुटपिट गरेका छन । पार्टी कार्यालयमा विद्यार्थी...
सिन्धुली, २ असोज – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ मसिरमा घोषित संविधानसभा निर्वाचन कुनै हालतमा नसर्ने दोहोर्याएका छन् । क्रान्तिकारी पत्रकार संघले सिन्धुली सदरमुकाममा बुधबार गरेको पत्रकार सम्मेलनमा उनले कसैले चाहना राख्दैमा निर्वाचन सर्न नसक्ने बताए । सरकार र निर्वाचन आयोगले तयारी...
काठमाण्डु, २ असोज – सरकारले आगामी चुनावको तयारीबारे निर्बाचन आयोगका पदाधिकारीहरुबाट जानकारी लिएको छ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसहित आयोगका अन्य पदाधिकारीसँग आगामी मंसिर ४ गतेका लागि तोकिएको संविधानसभा चुनावको तयारीबारे जानकारी लिएका हुन् । रेग्मीको सरकारी निवास बालुवाटारमा...
नेपालगन्ज, २ असोज – बाँकेको उढरापुरमा एक युवकको हत्या भएको छ । उढरापुर गाविस ९ का ३० बर्षीय गोले चमारको हत्या भएको हो । उनको शव बुधबार विहान वडा नम्बर ६ स्थित बगैंचामा भेटिएको थियो । हत्यामा संलग्न व्यक्तिको पहिचान भएको छैन । घटनाको...