धम्की आएपछि अनशन तोडें : गिरी

काठमाण्डु टुडे २०७० असोज ३ गते ४:४२ मा प्रकाशित

Sarita-Giriकाठमाण्डु, ३ असोज–सदभावना पार्टीकी अध्यक्ष सरीता गिरीले आफूलाई धम्की आएकोले अनसन तोड्न बाध्य भएको खुलासा गरेकी छन् । राज्य पुनसंरचना आयोगले बुझाएको प्रतिवेदन सार्बजनिक गर्नुपर्ने, हिन्दी भाषालाई राष्ट्रिय भाषा र धोतीकुर्तालाई राष्ट्रिय पोशाकको मान्यता दिनुपर्नेलगायत माग राख्दै उनी काठमाण्डुको शान्तिवाटीकामा अनशन बसेकी थिइन् ।

विहीबार एभिन्युज टेलिभिजनलाई अन्तवार्ता दिदै गिरीले आफूलाई अनशन तोड्न धम्की आएको बताइन् । तर, उनले कस्ले धम्की दिएको हो त्यो भने स्पष्ट बताइनन् । ‘बार बार मलाई धम्की आइराखेको थियो । मलाई बाह्र बजे राती घरमै पुगेर अनसन तोड्न धम्की दिइयो,’ गिरीले भनिन्, ‘राज्यका इन्टिलिजेन्सहरुले धम्की दिए ।’ धम्की दिनेहरु को हुन् भन्ने प्रश्नको जवाफमा उनले यसबारे समय आएपछि बोल्ने बताइन् । ‘यसबारे अहिले म केही भन्दिनँ, कुनैबेला बोलुँला,’ गिरीले भनिन्, ‘प्लीज मलाई फोर्स नगर्नुस् ।’

अनशन बसेको झण्डै तीन हप्ता पछि पार्टी उपाध्यक्ष रामवरण यादवले जुस खुवाएर अनसन तोडाएका थिए । लामो समयसम्म अनसन बस्दा पनि गिरीको स्वास्थ्यमा कुनै समस्या आएको थिएन । यतिका दिनसम्म पनि तन्दरुस्त देखिनुको कारण नयाँपत्रिका दैनिकले खुलासा गरेको थियो । सो पत्रिकाका अनुसार उनी मह खाँदै अनशन बसेकी थिइन् । यसबारे एभिन्युजको जिज्ञासामा गिरीले आफूलाई बदनाम गराउन प्रायोजित ढंगले प्रचार गरिएको आरोप लगाइन् । उनले भनिन्, ‘नयाँ पत्रिका कहाँबाट सन्चालित छ मलाई थाहा छ । त्यो प्रायोजित ढंगले प्रचार गरिएको हो ।’

आफ्नो अनसनलाई प्रीन्ट मिडियाले स्थान नदिएको उनको गुनासो थियो । आफू आमरण अनसन नबसेकाले मह खानु स्वाभाविक भएको उनले तर्क गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us