
नेपालगन्ज, २ असोज – बाँकेको उढरापुरमा एक युवकको हत्या भएको छ । उढरापुर गाविस ९ का ३० बर्षीय गोले चमारको हत्या भएको हो ।
उनको शव बुधबार विहान वडा नम्बर ६ स्थित बगैंचामा भेटिएको थियो । हत्यामा संलग्न व्यक्तिको पहिचान भएको छैन । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।