नेपाली समक्ष माफी माग्न भारतलाई दबाब

काठमाण्डु टुडे २०७० असोज २ गते १६:१५ मा प्रकाशित

काठमाण्डु २ असोज–बर्दियाको गुलरियाका मञ्जुरप्रसाद श्रेष्ठको घरमा भारतीय सशस्त्र प्रहरीले छापा मारेको घटनामा भारत सरकारलाई सार्वजनिक रुपमा माफी माग्न नेपालका राजनीतिक दल र युवाहरुले आग्रह गरेका छन ।

नेकपा–माओवादीसहित संबिधानसभा निर्वाचन प्रक्रिया प्रति असहमति जनाउँदै संघर्षरत राजनीतिक दल र तिनका युवा संगठनले नेपाल सरकारलाई पनि सो घटनाका वारेमा आफनो धारणा सार्वजनिक गर्न माग गरेका छन । उनीहरुले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी,भारतीय राजदुत रञ्जित रे र सबै प्रमुख जिल्ला अधिकारी समक्ष घटनाको बिरोध गर्दै बिहिवार ज्ञापन पत्र बुझाउने तयारी गरेका छन ।
नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुषाल र राष्ट्रिय युवा जनस्वंयमसेवक,क्रान्तिकारी युवा विङग,युवा जनसुरक्षा बल र नेपाल युवा कम्युनिष्ट संघ एकीकृतले बुधवार सो घटनाका वारेमा बिज्ञप्ति प्रकाशित गरी बिरोध गरेका छन ।

भारतीय प्रहरीद्वारा नेपालीको घरमा छापा 

नेपाली पक्षलाई जानकारी नै नदिई हतियारसहित आएको भारतीय प्रहरी टोलीले बर्दियामा एक नेपालीको घरमा छापामा मारेको छ ।
prahariसीमावर्ती भारतको लखीनपुरका डिएसपीसहित १४ जनाको हतियारधारी टोलीले स्थानीय मञ्जुलकुमार श्रेष्ठको घरमा नेपाली प्रशासनको जानकारी बेगर छापा मारेको हो । भारतीय नम्बर प्लेटको यूपी ३१ जी ००४० नम्बरको गाडीमा आएका १४ मध्ये ७ ले युनिफर्म लगाएका थिए भने ७ जना सादा पोशाकमा थिए ।

भारतीय प्रहरी जवानको हत्यामा संलग्न रहेका मोना सरदार लुकेर बसेको आशंकामा श्रेष्ठको घरमा छामा मारेको दाबी भारतीय प्रहरीले गरेको छ । तर श्रेष्ठले उक्त आरोप अस्वीकार गरेका छन् । भारतीय प्रहरीले छापा मारेको स्थान जिल्ला प्रहरी कार्यालय बर्दियाबाट करिब २ सय मिटरको दूरीमा पर्छ । छापा मार्नुअघि आफ्नै कार्यालय अगाडिबाट गएको भारतीय दलबललाई प्रहरीले देखेन । नेपालीको घरमा भारतीय प्रहरीले अकारण छामा मारेकामा गुलरियाबासी आतंकित र आक्रोशित छन् । उनीहरुले भारतीयको त्यसप्रकारको हस्क्षेप र ज्यादतीलाई मुकदर्शक बनेर हेरेको भन्दै स्थानीय प्रशासनको विरोध जनाएका छन् । स्थानीयको विरोधपछि नेपाल प्रहरीले भारतीय प्रहरी टोलीलाई गाडी र हतियारसहित नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले भारतीय टोली समन्वयबिनै नेपाल आएको घटनालाई गम्भीर रुपमा लिइएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us