
काठमाण्डु, ३ असोज–पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलन थालेका विभिन्न १७ विद्यार्थी संघ संगठनले विहीवार नेपाल आयल निगमको कार्यालय घेराऊ गरेका छन् । उनीहरुले विहान ९ बजेदेखि ११ बजेसम्म बबरमहलस्थित निगम कार्यालय घेराऊ गरेका हुन् । कर्मचारीलाई प्रवेशमा रोक लगाउने गरि घेराउ गरिएकाले केहीबेर कामकाज प्रभावित भएको थियो ।
मूल्यवृद्धि फिर्ता लिन माग गर्दै १७ विद्यार्थी संगठनले चरणवद्ध आन्दोलन गर्दै आएका छन्। गएको भदौ २५ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आयल निगमले मूल्य घटाउन अस्वीकार गर्दै आएको छ ।