युवासंघका कार्यकर्ताले कुटे एमालेका बिद्यार्थी

काठमाण्डु टुडे २०७० असोज २ गते १६:१४ मा प्रकाशित

पाँचथर, २ असोज–नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु आसन्न महाधिवेशन नजिकिदै गर्दा प्रतिनिधि पर्यवेक्षक छनौटमा विवाद बढदै गएको छ । विवाद बढने क्रममा पाँचथरमा कुटाकुट भएको छ । 
अनेरास्ववियूका केन्द्रीय सदस्य सहित जिल्ला कमिटी पदाधिकारीमाथि युवा संघका कार्यकर्ताले कुटपिट गरेका छन । पार्टी कार्यालयमा विद्यार्थी संगठनको वैठक वसिरहेको बेला मंगलवार साँझ ८ बजे युवा संघका केन्द्रीय सदस्य नरवहादुर गुरुङको नेतृत्वमा आएको समूहले कुटपिट गरेको हो ।
युवा संघको आक्रमणमा परी अखिल केन्द्रीय सदस्य दिनेश श्रेष्ठ लगायत जिल्ला कमिटी अध्यक्ष अनिता राई, उपाध्यक्ष राजु थाम्सुहाङ, मदन रिजाल लगायत अन्य सदस्यहरु घाइते भएको अखिल पाँचथरले जनाएको छ । अखिलेको केन्द्रीय महाधिवेशनमा भाग लिन प्रतिनिधि छनौट र आर्थिक संकलनको विषयमा छलफल चलिरहेको वेला पार्टीका केहि नेताहरुको निर्देशनमा गुरुङको नेतृत्वको समूहले कार्यालय प्रवेश गरी ढोका बन्द गरेर आक्रमण गरेको विद्यार्थीले आरोप लगाएका छन ।
उता युवा संघ केन्द्रीय सदस्य गुरुङले भने महाधिवेशमा एक पक्षीय पतिनिधि छनौट भएपछि विद्यार्थीबीच विवाद हुँदा हानाहान भएको भन्दै त्यसको दोषी युवा संघ मात्रै नभएको वताएका छन
दुई पक्षबीच हानाहान हुँदा पूर्व सामान्य प्रशासन राज्य मन्त्री डम्वर सिं सम्वाहम्फे समेत आक्रमणको सिकार भएका छन । अनेरास्ववियू पाँचथरमा दुई वर्ष अघि भएको जिल्ला अधिवेशनमा दुवै पक्षले समानान्तर कमिटी वनाएपछि विवाद हुँदै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us