आजबाट सोह्र श्राद्ध शुरु

काठमाण्डु टुडे २०७० असोज ४ गते १:०० मा प्रकाशित

shraddhaकाठमाण्डु, ४ असोज– हिन्दू परम्पराअनुसार शुक्रबारबाट सोह्र श्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म १६ दिन विभिन्न तिर्थस्थल वा घरघरमा पितृहरुको श्राद्ध गर्ने चलन छ ।

बाबुआमा नहुनेहरुले पितृहरुको सम्झनामा घरमै वा नजिकको जलाशयमा गएर स्नान गरि धार्मिक विधिअनुसार श्राद्ध गर्दछन् । काठमाण्डुको पशुपति, गोकर्ण, जनकपुरको गंगासागरलगायतका नदी किनारमा बिहानैदेखि श्राद्ध गर्नेहरुको भीड लागेको छ । सोह्र श्राद्धमा आफ्ना पितृहरुको सम्झनामा तर्पण पिण्ड दान आदि गर्नाले पितृले आफ्ना सन्ततीहरुलाई ऋण मुक्त गरिदिने, पितृप्रतिको दायित्व बोध गराउने र चित्त शुद्धि गराउने धार्मिक मान्यता छ ।

सोह्र श्राद्धको अवधिभर माछामासु, लसुन, प्याजलगायतका चिजहरु खान नहुने धार्मिक विश्वास रही आएको छ । श्राद्ध गर्नेहरुले सोह्र श्राद्धको अवधिभर एकछाकमात्रै खाना खानेसमेत चलन छ । ठूला ठूला चाड पर्वमा अन्य देवतालाई सम्झनुअघि आफ्ना पितृहरुलाई खुशी पर्ने परम्पराअनुसार दशैं र तीहार अघि सोह्र श्राद्धको विशेष महत्व रहेको छ । सोह्र श्राद्धको सुरुवातसँगै नेपाली समाजमा दशैंको चहलपहल समेत शुरु भएको मानिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us