
महोत्तरी, ४ असोज–बुधबार बिहान अपहरणमा परेका महोत्तरी बथनाहा गाविस–९ का पुरुषोत्तम ठाकुर अपहरणमुक्त भएका छन् । भागीरथ ठाकुरका १७ वर्षीय छोरा पुरुषोत्तमलाई बिहीबार राती भारतीय प्रहरीले भारतकै सुरसण्ड शहरको विन टोलबाट उद्धार गरेको हो ।
भारतीय प्रहरीले युवक ठाकुरलाई खोज्दै जाँदा स्थानीय श्रीचन मुखियाको घरमा लुकाइरहेको अवस्थामा फेला पारेको पीडितका बुवा भागीरथ ठाकुरले जानकारी दिए ।