समाचार

उम्मेदवार सुरक्षाका लागि विशेष योजना ल्याउने तयारी

२०७० असोज १९ गते ८:३८

काठमाण्डु, १९ असोज– एमाले बारा–४ का उम्मेदवार मोहम्मुद आलममाथिको आक्रमणपछि सरकार निर्वाचन सुरक्षाका लागि विशेष सुरक्षा योजना ल्याउने तयारीमा जुटेको छ । गृह प्रशासनले उम्मेदवार सुरक्षाका लागि विषेश सुरक्षा योजना ल्याउने गरी छलफल थालेको छ । आज शनिबार भएपनि गृहमन्त्री माधव घिमिरेले सुरक्षा योजनाबारे...

संविधान जारी गर्न नसके अर्कोपटक उम्मेदवार नबन्ने घोषणा

२०७० असोज १९ गते ६:१६

काठमाण्डु १९ असोज–एमाले महासचिव इश्वर पोखरेलले आगामी निर्वाचनबाट गठन हुने संविधानसभाले समयमै लोकतान्त्रिक र प्रगतिशिल सविंधान जारी नसके त्यसपछि हुने निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन । दशै,तिहार, छठ तथा नेपालसम्बतको अवसरमा काठमाण्डु–५ अन्तर्गत एमालेको विष्णु बुढानिलकण्ठ गाँउ कमिटीले आयोजना गरेको शुभकामना आदान...

प्रत्यक्ष उम्मेदवारविरुद्ध दाबी विरोध आज

२०७० असोज १९ गते ६:१५

काठमाण्डु, १९ असो– आगामी ४ मंसिरमा हुने संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दिएकामाथि आज दाबी विरोध हुँदैछ । बिहान १० देखि साँझ ५ बजेसम्म कार्यालय समयमा सम्वन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । देशभरका २ सय ४० वटै...

वडा दशै शुरु,आज घटस्थापना

२०७० असोज १९ गते ६:११

काठमाण्डु, १९ असोज–नेपालीहरुको महान् चाड विजयादशमीको पहिलो दिन नेपालीको आँगनमा खुशियालीपूर्वक  घटस्थापना भित्राइँदैछ । घटस्थापनाको साइत शनिवार बिहान ९ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विजयदशमीको पहिलो दिन घटस्थापनामा दुई महत्वपूर्ण कृत्य (कार्य) गर्ने गरिन्छ । पहिलो सबै नेपालीको घरघरमा जमरा...

काठमाण्डुको थापाथलीमा युवक मृत फेला

२०७० असोज १९ गते ४:३९

काठमाण्डु, १९ असोज– काठमाण्डुको थापाथलीमा एक युवक मृत फेला परेका छन् । थापाथलीस्थित बागमती पुलमा अन्दाजी ३० वर्षीय पुरुषको शव भेटिएको महानगरीय प्रहरी महाशाखाले जनाएको छ । जनजाति मुलका ती व्यक्तिलाई कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका गरिएका छ । यद्यपि, पोष्टमार्टमा रिपोर्ट...

समानुपातिकको सूचीमा कुन दलबाट को परे ?

२०७० असोज १८ गते २०:५३

काठमाण्डु, १८ असोज–आगामी ४ मंसिरमा हुने दोस्रो संविधानसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिएका दलहरुले निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । एकीकृत माओवादी, काँग्रेस, एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राप्रपा, राप्रपा नेपाल, फोरम नेपाल, फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक,...

गोली हानिएका एमाले उम्मेदवार आलमको अवस्था चिन्ताजनक

२०७० असोज १८ गते २०:५०

काठमाण्डु, १८ असोज – अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका एमाले बारा–४ का उम्मेदवार मोहम्मुद आलमको अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन् । टाउकामा गोली लागेका उनको वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार हुन नसेकपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाण्डु ल्याइएको छ । आलमको काठमाण्डुको...

अयोग्य व्यक्तिलाई टिकट दिएको भन्दै काँग्रेसमा सामूहिक राजीनामा

२०७० असोज १८ गते १४:१२

खोटाङ, १८ असोज–केन्द्रले अयोग्य व्यक्तिलाई टिकट दिएको भन्दै नेपाली काँग्रेस खोटाङका झन्डै १२ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । टिकट वितरणप्रति असन्तुष्टि व्यक्त गर्दै पूर्ववन राज्यमन्त्री शिवकुमार बस्नेत, महासमिति सदस्य महेन्द्रकुमार कटवाल, जिल्ला कोषाध्यक्ष देवी राई, जिल्ला सचिव केशव कार्की, क्षेत्र...

उम्मेदवार भएलगत्तै छुटे डन गणेश लामा

२०७० असोज १८ गते १३:५१

काठमाण्डु, १८ असोज– गुण्डागर्दीको आडमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा कारागारमा रहेका चर्चित डन गणेश लामा धरौटीमा रिहा भएका छन् । आसन्न संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको एक दिनपछि लामा तीन करोड रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । उनले बिहीबार मात्र विजयकुमार गच्छदार नेतृत्वको...

म एमाले मै रहिरहने छु:भुवन केसी

२०७० असोज १८ गते १३:३०

काठमाण्डु, १८ असोज– नायक भुवन केसीले आफू एमाले नै रहेको र एमालेमै रहिरहने बताएका छन् । उनले सञ्चारकर्मीलाई सम्बोधन गर्दै शुक्रबार जारी गरेको विज्ञप्तिमा आफू पार्टीबाट विचलित नभएको उल्लेख गरेका छन् । नायक केसीलाई एमालेले संविधानसभा निर्वाचनमा काठमाण्डु–१ बाट उम्मेदवार बनाउने निर्णय गरे पनि...

लिम्बुवानको अनिश्चितकालीन बन्द फिर्ता

२०७० असोज १८ गते ११:५३

काठमाण्डु, १८ असोज– संघीय लिम्बुवान राष्ट्रिय मञ्च सम्वद्ध लिम्बुवान राज्य परिषद्ले गरेको अनिश्चितकालीन पूर्वाञ्चल बन्द फिर्ता भएको छ । सरकारसँग भएको वार्ता सकारात्मक भएकाले बन्द फिर्ता गरिएको परिषद् अध्यक्ष कुमार लिङदेनले जानकारी दिए । संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको विरोधमा मञ्चले बिहीबार गरेको बन्दका...

उम्मेदवारको सुरक्षा गर्न निर्वाचन आयोगको सरकारलाई दिर्नेशन

२०७० असोज १८ गते ११:४९

काठमाण्डु, १८ असोज – निर्वाचन आयोगले संविधानसभा निर्वाचनका उम्मेदवारलाई भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै उम्मेदवार सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न सरकारको ध्नायाकर्षण गराएको हो । बारा–४ का एमाले उम्मेदवार मोहम्मुद आलममाथि गोली प्रहार भएपछि आयोगले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us