उम्मेदवारको सुरक्षा गर्न निर्वाचन आयोगको सरकारलाई दिर्नेशन

काठमाण्डु टुडे २०७० असोज १८ गते ११:४९ मा प्रकाशित

election commition of nepalकाठमाण्डु, १८ असोज – निर्वाचन आयोगले संविधानसभा निर्वाचनका उम्मेदवारलाई भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै उम्मेदवार सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न सरकारको ध्नायाकर्षण गराएको हो । बारा–४ का एमाले उम्मेदवार मोहम्मुद आलममाथि गोली प्रहार भएपछि आयोगले सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगले आलमको उपचार व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ । आलमलाई शुक्रबार बिहान बाराको परवानीपुरमा भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएका अज्ञात हतियारधारीले गोली हानी घाइते बनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us