म एमाले मै रहिरहने छु:भुवन केसी

काठमाण्डु टुडे २०७० असोज १८ गते १३:३० मा प्रकाशित

bhuwanकाठमाण्डु, १८ असोज– नायक भुवन केसीले आफू एमाले नै रहेको र एमालेमै रहिरहने बताएका छन् ।
उनले सञ्चारकर्मीलाई सम्बोधन गर्दै शुक्रबार जारी गरेको विज्ञप्तिमा आफू पार्टीबाट विचलित नभएको उल्लेख गरेका छन् । नायक केसीलाई एमालेले संविधानसभा निर्वाचनमा काठमाण्डु–१ बाट उम्मेदवार बनाउने निर्णय गरे पनि विरोधका कारण पछि टिकट खोसेको थियो ।

विज्ञप्तिमा उनले आफ्नो पार्टीकै परामर्शमा उम्मेदवार नबनेको दाबी गरेका छन् । उनले पार्टीले आफ्नो योग्यता, लोकप्रियता र कार्यक्षमताका आधारमा काठमाण्डु–१ जस्तो महत्वपूर्ण स्थानबाट एमाले शीर्ष नेतृत्वलाई धन्यवादसमेत दिएका छन् । उनले आसन्न संविधानसभामा एमालेले बहुमत ल्याउने दाबी समेत विज्ञप्तिमा गरेका छन् ।

विज्ञप्तिको पूर्णपाठ

आदरणीय पत्रकारवन्धु,

महोदय,

उपरोक्त सम्बन्धमा आसन्न संविधान सभाको प्रत्यक्ष चुनावको लागि ने.क.पा. (एमाले) ले म कलाकार भुवन के.सी.लाई पार्टीले उचित मूल्याङकन गरी काठमाण्डौं जस्तो महत्वपुर्ण र सम्वेदन स्थानबाट पार्टीका शिर्षस्थ नेताहरुले मेरो योग्यता, लोकपि्रयता र कार्यक्षमताको कदर गर्दै काठमाण्डौं क्षेत्र नं. १ बाट उम्मेदवारीको लागि टिकट दिनु मेरो लागि अहोभाग्यको विषय हो ।

ने.क.पा.(एमाले) सांगठानिक रुपमा सृदृढ र शसक्त पार्टी हो । यसर्थ पनि आसन्न संविधान सभाको चुनावमा एमालेले बहुमत ल्याई मुलुकलाई सही निकाश दिने कुरामा कुनै सन्देह छैन । यसरी जीतको लक्ष्य प्राप्तीको लागि अग्रसर रहेको पार्टीमा २-३ दशकभन्दा लामो समय पार्टीको लागि त्याग, तपस्या गरेका वरिष्ठ नेताहरुलाई उहाँहरुको योग्यता र त्याग तपस्याको कदर गर्दै ती वरिष्ठ नेता कार्यकर्ताहरुलाई उचित स्थान दिन म कलाकार भुवन के.सी. र नेकपा एमालेका स्थाई समितिका नेताहरुको सर-सल्लाह र परामर्शमा पार्टीको हितको लागि मैले क्षेत्र नं. १ बाट उम्मेदवारी नदिने निर्णय लिएको हुँ । यसबाट मेरो लाखौं समर्थक र सुभचिन्तकहरुमा पर्न गएको आघात प्रति म हृदयदेखि नै क्षमा प्रार्थी छु ।

ने.क.पा. एमालेको तर्फबाट उम्मेदवारी मनोनयन पत्र दाखिला नगर्ना साथ कलाकार भुवन के.सी.ले एमाले पार्टी परित्याग गरी अर्कै पार्टीमा प्रवेश गर्दैछ वा स्वतन्त्र उम्मेदवारको रुपमा आसन्न संविधान सभाको चुनावमा लड्दैछ भन्ने आम मानिस वा प्रवुद्ध वर्गमा भ्रम वा आशंका पैदा भएको हुन सक्छ तर म कलाकार भुवन के.सी. ने.क.पा. (एमाले) पार्टीमै रहेर देश, समाज र स्थानिय विकासको लागि प्रतिवद्ध रहने प्रतिवद्धता पनि म यो प्रेस विज्ञाप्ती मार्फत जानकारी गराउन चाहन्छु ।

आदरणीय पत्रकारवन्धु,

ने.क.पा. (एमाले) जस्तो विशाल संगठनात्मक संरचना बोकेको पार्टीले म कलाकर भुवन के.सी.लाई विश्वास गरेर काठमाण्डौं क्षेत्र नं. १ बाट उम्मेदवारीको लागि नाम सिफारीस गरेकोमा हार्दिक आभार व्यक्त गर्दै आसन्न संविधान सभाको सफलताको कामना गर्दै देशव्यापी रुपमा ने.क.पा.(एमाले)ले  बहुमत ल्याउन मैले मेरो स्थानबाट जे-जस्तो योगदान गर्नुपर्छ सो गर्दै जाने र कालान्तर सम्म पनि म कलाकार भुवन के.सी. ने.क.पा.(एमाले) पार्टीमा आवद्ध रहिरहने प्रतिवद्धता जाहेर गर्दै यो प्रेस विज्ञप्ती जारी गरेको छु ।

……

भुवन के.सी.

कलाकार, ने.क.पा. (एमाले)

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us