काठमाण्डु, १७ असोज– आगामी ४ मंसिरमा हुने दोस्रो संविधानसभा निर्वाचनका लागि निर्वाचन आयोगको कार्यतालिकाअनुसार दलहरुले प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन पत्र दर्ता गराएका छन् । दलका उम्मेदवारहरु मतदाता नामावली दर्ताका लागि समर्थकहरुको दलबलसहित तोकिएको निर्वाचन कार्यालय पुगेका थिए । कसैले बाजागाजा समेत बजाएका थिए । कतिपय...
काठमाण्डु , १७ असोज– आगामी मंसिर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनका लागि देशका २ सय ४० वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भएको छ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाण्डु–१० र सिरहा–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँको बानेश्वरस्थित...
काठमाण्डु, १७ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमनेपालीलाई उत्साहजनक ढंगले दोस्रो संविधानसभा निर्वाचनमा सहभागी हुन अपिल गरेका छन् । काठमाण्डु १०–का लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा नेपाली जनताको चाहजानअुसारको संविधान दिन नसकेकामा दुःख र पुनः अर्को निर्वाचन...
काठमाण्डु, १७ असोज– प्रत्यक्ष निर्वाचनमा टिकट नपाएका कारण असन्तुष्ट भएकाहरुले विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता गराउन थालेका छन् । काँग्रेस सभापतिविरुद्ध बागी नेपाली काँग्रेसका सभापति सुशील कोइरालाविरुद्ध चितवनमा बागी उम्मेदवारी दर्ता भएको छ । काँग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाले सुशीलविरुद्ध क्षेत्र नम्बर–३ मा बागी...
सल्यान, १७ असोज–एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीबीच बिहिवार दिउँसो खलङ्गाको पुरानो बसपार्कमा झडप भएको छ । झडपमा परी दुवै पक्षका गरी एक दर्जन घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घाइतेमध्ये सल्यान–रुकुम यातायातका अध्यक्ष रहेका एकीकृत नेकपा...
काठमाण्डु १७ असोज–प्रधानसेनापति गौरवशम्शेर राणा कात्तिक ४ देखि ७ गतेसम्म संयुक्त राज्य अमेरिका जाने भएका छन । प्रधानसेनापति राणाको नेतृत्वमा कात्तिक ४ देखि ७ गतेसम्म संयुक्त राज्य अमेरिकाको होनोलोलुमा हुने १६ औं वार्षिक ‘चिफ अफ डिफेन्स’सम्बन्धी बैठकमा भाग लिने निर्णय बिहिवार मन्त्रिपरिषदले गरेको छ...
काठमाण्डु १७ असोज–नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले संबिधानसभा निर्वाचनको घोषित मिति सारेर भएपनि निर्वाचनमा ल्याउने प्रयास जारी राख्नु पर्ने बताएका छन । सशस्त्र द्वन्द्वको एउटा पक्ष निर्वाचन प्रक्रिया बाहिर रहँदा शान्ति प्रक्रियालाई खलल पुग्ने ठहर गर्दै उनले त्यस्तो धारणा व्यक्त गरेका हुन ।...
काठमाण्डु, १७ असोज– नेपाली काँग्रेसले संविधानसभा चुनावका उम्मेदवार छान्दा गल्ती भएको स्वीकार गरेको छ । उसले गल्ती कमजोरीलाई बिर्सेर चुनावमा होमिन पनि सबै कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । सभापति सुशील कोइरालाले विहीबार विज्ञप्ति निकालेर कतिपय स्थानमा योग्य र निष्ठावान नेताहरुलाई उम्मेदवार बनाउन नसकेको स्वीकार...
काठमाण्डु, १७ असोज– एकीकृत नेकपा माओवादीले काठमाण्डुमा प्रत्यक्षतर्फका उम्मेदवार पुन: परिवर्तन गरेको छ । माअोवादीले काठमाण्डु–६ मा अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा, ७ मा वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र ९ मा नेता देवेन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ । यसअघि हिजो प्रधानलाई ८ बाट...
काठमाण्डु, १७ असोज– राप्रपा नेपालका अध्यक्ष कमल थापा संविधानसभामा प्रत्यक्षमा चुनाव नलड्ने भएका छन् । काठमाण्डु– ५ र मकवानपुर–१ बाट उठ्ने तयारी गरेका थापाले अन्तिम समयमा आएर प्रत्यक्षमा नलड्ने निर्णय गरेका हुन् । थापा नलड्ने भएपछि काठमाण्डु–५ मा शाहीकालीन मेयर राजाराम श्रेष्ठ र मकवानपुर–१...
कास्की, १७ असोज – पोखरामा अल्ट्रा लाइट जहाज विहीबार विहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा चालक पोखराका स्टेफन श्रेष्ठ र एक चिनियाँ पर्यटकको मृत्यु भएको हो । दुवैको शव चरक अस्पतालमा राखिएको छ । पोखरा विमानस्थलबाट उडेको जहाज विहान साढे आठ...
काठमाण्डु, १७ असोज – महोत्तरी र मुस्ताङमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । महोत्तरीको बर्दिबासमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर नगरपालिका–१३ बस्ने ३० वर्षीय सरोज...