समाचार

एउटै घरका दुईजना चुनावी मैदानमा

२०७० असोज १६ गते ६:१७

रुकुम, १६ असोज–आसन्न संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ मा एकै घरका दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका ठगेन्द्रप्रकाश पुरी र राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्षमा टिकट पाएकी विष्णु ओली पुरीबीच प्रतिस्पर्धा हुने पक्का भएको हो । बाँफीकोट–६ काडा स्थायी घर...

बाधा अड्काउ फुकाउबिरूद्धको बहस दशैंपछि

२०७० असोज १६ गते ६:१६

काठमाण्डु, १६ असोज–बाधा अड्काउ फुकाउ आदेश तथा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबिरुद्ध दायर सातवटा रिट निवेदनमा सर्वोच्च अदालतमा प्रारम्भ भएको सुनुवाइ दशैँपछि मात्र हुने भएको छ । यही असोज ३ गते प्रारम्भ भएको बहसमा रिट निवेदक तथा सरकारी पक्षका कानुन व्यवसायीको बहस बाँकी भएकाले दशैँपछि...

एमाओवादी नेता श्रेष्ठ मकवानपुर २ बाट चुनाव लड्ने

२०७० असोज १६ गते ६:१५

काठमाण्डु, १६ असोज–एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ मकवानपुर क्षेत्र नं. २ बाट चुनाव लड्ने निश्चित भएको छ । यसअघि अध्यक्ष प्रचण्डसहित शीर्ष तहका नेताहरुको निर्वाचन क्षेत्र तोकिए पनि श्रेष्ठको टुंगो लागेको थिएन । वुधबार बसेको कार्यालय र उम्मेदवार छनौट समितिको बैठकले ताम्सालिङ क्षेत्रका...

गैंडाको आक्रमणबाट तीनजना घाइते

२०७० असोज १६ गते ६:०३

चितवन, १६ असोज–गैंडाको आक्रमणबाट पूर्वी चितवनको कुमरोजमा मङ्गलबार साँझ तीनजना गम्भीर घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको बूढी राप्ती मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भुसालले दिएको जानकारीअनुसार कुमरोज–९ घोक्रेलाका मायासिंह दराई, कमली दराई र सुकमाया दराई गैंडाको आक्रमणमा परेर घाइते भएका हुन् ।...

सबै विद्यालयमा इन्टरनेट पुर्‍याइने

२०७० असोज १६ गते ४:३८

म्याग्दी, १६ असोज–म्याग्दीका सबै माध्यमिक र उच्चमाध्यमिक तहका सामुदायिक विद्यालयमा आधुनिक सूचना तथा सञ्चार प्रविधिको पहुँच पुर्‍याइने भएको छ । सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण सिकाइ क्रियाकलापमा अधिकतम उपयोग गर्नका लागि जिल्लाका सबै सामुदायिक  मावि र उमावि तहमा यस्को पहुँच पुर्‍याउन लागिएको जिल्ला शिक्षा...

न्यूयोर्कबाट फर्किएपछि रेग्मीले भने–अब चुनाव रोकिन्न

२०७० असोज १५ गते १८:०६

काठमाण्डु १५ असोज–मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मङ्सिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचनलाई अब कसैले छेकेर नछेकिने र रोकेर नरोकिने अवस्थामा पुगिसकेको बताएका छन । संयुक्त राष्ट्रसंघको ६८ औँ महासभामा सहभागी भई मंगलवार स्वदेश फर्केपछि अध्यक्ष रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकारसम्मेलनमा निर्वाचन हुनेमा...

काँग्रेसले बनायो २३८ उम्मेदवारको सूची,उम्मेदवार फेरिएपछि लफडा

२०७० असोज १५ गते १७:०४

काठमाण्डु, १५ असोज–नेपाली काँग्रेसले आगामी संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारको नामावली दुई स्थानमा बाहेक टुंग्याएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलवार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कृष्णप्रसाद सिटौलाले २४० निर्वाचन क्षेत्रमध्ये तनहुँ–१ र स्याङ्जा–१ बाहेक अरु सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको जानकारी दिए ।...

एमालेले कसलाई कहाँबाट उठाउदैछ ? (२ सय ३८ उम्मेदवारको सूचीसहित)

२०७० असोज १५ गते १७:०३

काठमाण्डु, १५ असोज – नेकपा एमालेले आसन्न संविधानसभा निर्वाचनका लागि देशभरका २ सय ३८ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको टुंगो लगाएको छ । एक साताभन्दा लामो स्थायी कमिटी बैठकले रौतहट क्षेत्रनम्बर ३ र भक्तपुर क्षेत्र नम्बर १ बाहेक सबै जिल्लाका प्रत्येक्ष तर्फका उम्मेदवार टुंगो लगाएको हो...

हिमानीले बाँडिन् अनाथलाई दाल-चामल

२०७० असोज १५ गते १७:०१

 ललितपुर, १५ असोज–पूर्वयुवराज्ञी हिमानी शाहले आफ्नो ३८ औं जन्मदिनको अवसरमा ललितपुरको हात्तीवनमा स्थानीय नवकिरण अनाथ तथा असाहय बाल उत्थान समाजद्वारा सञ्चालित अनाथालयका बालबालिकालाई खाद्यान्न तथा लत्ता–कपडा वितरण गरेकी छिन् । अनाथालयमा पुगेर नौ क्वीण्टल चामल, एक क्वीण्टल २० केजी दाल, ९० केजी गेडागुडी, ३०...

काँग्रेसमा टिकट बाँड्दा पैसाको चलखेल !

२०७० असोज १५ गते १७:०१

काठमाण्डु, १५ असोज–नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले काँग्रेसमा उम्मेदवार छनौटमा पैसाको चलखेल भएको भन्दै भण्डाफोर गर्ने चेतावनी दिएकी छन् । मंगलबार मण्डिखाटारस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी कोइरालाले उम्मेदवार छनौट समितिले पैसा लिएर उम्मेदवार छान्ने गरेको आरोप लगाएकी हुन् । उम्मेदवार छनौट समितिको सदस्य...

बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइका लागि दशैमा पनि अदालत खुल्ला

२०७० असोज १५ गते १६:५२

काठमाडौँ, १५ असोज–घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सबै तहका न्यायालय बन्द रहने भएकाले सो अवधिभर बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइका लागि भने अदालत खुल्ला हुने भएको छ । सो अवधिभर बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास खुल्ला रहने र दिउँसो १ बजेसम्म आएका रिट निवेदन दर्ता गर्ने...

माओवादी नआए पनि निर्वाचन हुन्छ— नेता ज्ञवाली

२०७० असोज १५ गते १३:५६

भक्तपुर, १५ असोज– एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आउादो मङ्सिर ४ गते हुने संविधानसभाको निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा लिन नहुने बताएका छन् । प्रेस चौतारी नेपाल भक्तपुर शाखाले मंगलबार गरेको ‘संविधानसभा निर्वाचन सङ्घीयता र समृद्ध नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा उहााले संविधान बनाउनका लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us