समाचार

राजनीतिक स्थिरता आर्थिक उन्नतिको ढोका

२०७० असोज १४ गते १७:१९

काठमाण्डु, १४ असोज –नेपालका लागि भारतका राजदूत रञ्जित रेले युगअनुरूप सम्बन्धलाई नयाँ उचाइमा उठाउनुपर्ने बताएका छन । नेपाल र भारतबीच सदियौंदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको स्मरण गराउदै राजदूत रेले राजनीतिक स्थिरतासँगै नेपालमा आर्थिक उन्नतीको ढोका खुल्ने बताएका हुन । नेपाल भारत मैत्रीसंघले नववियुक्त राजदूत...

काँग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी

२०७० असोज १४ गते १७:०६

काठमाण्डु, १४ असोज । प्रत्यक्षतर्फको उम्मेदवार छनौटप्रति असन्तुष्टी जनाउँदै काँग्रेस नेता कार्यकर्ताहरुले केन्द्रीय कार्यालय सानेपामा सोमबार नाराबाजी सहित प्रदर्शन गरेका छन् । धनुषाको क्षेत्र नम्बर ५ को उम्मेदवार छनौटमा असन्तुष्ट पक्षले नाराबाजी गरेको हो । क्षेत्रीय समितिको सिफारिसलाई लत्याएर राष्ट्रपति डा. रामवरण यादवको छोरा...

भारतले नेपाललाई तत्काल सैन्य सामग्री उपलब्ध गराउने

२०७० असोज १४ गते १३:४९

काठमाण्डु, ४ असोज– भारतले नेपाली सेनाका लागि आवश्यक सैन्य सामग्री तत्काल उपलब्ध गराउने भएको छ । प्रधानसेनापति गौरवशमशेर जबरा र भारतका  स्थल  सेनाध्यक्ष जनरल विक्रम सिंहबीच आइतबार राति नयाँदिल्लीमा भएको भेटवार्तामा भारतीय पक्षले तत्काल सैन्य सामग्री पठाउने प्रतिबद्धता जनाएको हो । तत्कालीन नेकपा माओवादी...

फुजेलका रामप्रसाद अधिकारी हिरासत मुक्त

२०७० असोज १४ गते १३:०७

चितवन, १४ असोज –चितवन, १४ असोज–गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका आरोपितमध्ये पक्राउ परेका रामप्रसाद अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमुक्त गरेको छ । प्रमाण नपुगेको भन्दै सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा नै नपु¥याई उनलाई हाजिरी जमानीमा छाड्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता...

समाचार फेसबुकमा सेयर गर्ने पत्रकार पक्राउ

२०७० असोज १४ गते १२:५४

काठमाण्डु, १४ असोज –पत्रकार दिनेश आचार्य विद्युतीय कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । शेयर बजार साप्ताकिमा छापिएको समाचार सामाजिक सञ्चाल फेसबुकमा शेयर गरेको आरोपमा आचार्य पक्राउ परेका छन् । आचार्य शेयर बजार साप्ताहिकका सम्पादक हुन् । आफ्नो व्यक्तिगत जीवनका बारेमा पत्रिकामा छापिएको...

भिक्षा मागेर उम्मेदवारी

२०७० असोज १४ गते १२:०५

बाजुरा, १४ असोज–बाजुरा जिल्लाका एक साधुले संविधानसभाको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न लाग्ने धरौटी रकम भिक्षा मागेर सङ्कलन गरी निर्वाचनमा लड्ने तयारी गरेका छन् । एक हातमा कमण्डलु, त्रिशूल र अर्को हातमा कछुवाको हड्डी बोकेका र आधा शरीर पहेंलो कपडाले छोपेर उनले सोमबारदेखि सदरमुकाम मार्तडीमा...

श्राद्ध तिथिको अवसरमा छात्रवृत्ति वितरण

२०७० असोज १४ गते १२:०२

दाङ, १४ असोज – दाङ देउखुरीको एक घिमिरे परिवारले आफ्नो बुवाको श्राद्ध तिथिको अवसरमा अनाथ तथा विपन्न विद्यार्थीलाई सोमबार छात्रवृत्ति वितरण गरेको छ । गोवरडिहा गाविस ६ का चेतनाथ शर्मा घिमिरे र उनका चार भाईले आफ्ना आमा-बुवाको नाममा स्थापना गरेको ‘गंगा–सुमित्रा–धनेश्वर अनाथ छात्रवृत्ति कोष’बाट छात्रवृत्ति...

आवश्यक परिणाम प्राप्त नहुँदा प्रयोगशालालाई निर्णयमा कठिनाइ

२०७० असोज १४ गते ७:५८

ललितपुर, १४ असोज–न्याय सम्पादन र अपराध अनुसन्धानको काममा सघाउन स्थापित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा अनुसन्धान तथा परीक्षण गर्नुपर्ने चीज वस्तुको आवश्यक मात्रा र परिमाणमा प्राप्त नहुँदा निर्णय दिन कठिनाइ पर्ने गरिएको छ । अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वन्यजन्तु संरक्षण विभाग, राजस्व अनुसन्धान विभाग,...

ख्रिस्टियन समुदायद्वारा धार्मिक ऐन माग

२०७० असोज १४ गते ७:५२

काठमाण्डु १४ असोज–ख्रिस्टियन समुदायले छुट्टै धार्मिक ऐनको माग गरेको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालय, ख्रिस्टियन समुदायको अवस्था एवम् समाधिस्थल व्यवस्थापनसम्बन्धी अध्ययन गर्न गठित कार्यदलद्वारा आइतबार आयोजित अन्तक्र्रियामा ख्रिष्टियनको मृत्युपछि शव गाड्नका लागि जमिनको व्यवस्था गर्नुपर्ने उनीहरुले माग गरे । राष्ट्रिय ख्रिष्टियन महासङ्घका अध्यक्ष...

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

२०७० असोज १४ गते ६:२०

नेपालगन्ज, १४ असोज–प्रतिबन्धित लागुपदार्थ ब्राउनसुगर तस्करी गर्ने भारतीय नागरिकलाई बाँके प्रहरीले सोमबार प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतीय नागरिक राजा अहमदलाई पक्राउ गरेको हो । उनको साथबाट पाँच ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि लागुपदार्थ ऐनअन्तर्गत मुद्दा...

प्रमुख निर्बाचन आयुक्त उप्रेती थिम्पु जादै

२०७० असोज १४ गते ५:१०

काठमाण्डु, १४ असोज–चुनावको मिति नजिकिदै जाँदा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती सोमबार भुटानको राजधानी थिप्पु जाँदैछन् । सार्क निर्वाचन आयुक्तहरुको बैठकका लागि उनी सोमबार अपरान्ह थिम्पु जान लागेका हुन् । सम्मेलन असोज १५ देखि १८ गतेसम्म हुने हुदैछ । संविधानसभा निर्वाचन तयारीको व्यस्तताका कारण...

दार्चुलामा औषधि अभाव

२०७० असोज १४ गते ५:०८

दार्चुला, १४ असोज–दार्चुला जिल्ला स्वास्थ्य कार्यालयमा औषधि अभाव भएको छ । अस्पतालमा सामान्य औषधिसमेत नहुँदा बिरामीले समस्या भोग्नु परेको छ । अस्पतालसँग सामान्य औषधिसमेत नहुँदा बिरामीलाई अहिले निजी मेडिकल पठाइने गरिएको छ । असार पहिलो साता आएको बाढीपछि जिल्ला अस्पतालले औषधि अभाव झेल्नु परेको डा....

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us