दार्चुलामा औषधि अभाव

काठमाण्डु टुडे २०७० असोज १४ गते ५:०८ मा प्रकाशित

दार्चुला, १४ असोज–दार्चुला जिल्ला स्वास्थ्य कार्यालयमा औषधि अभाव भएको छ । अस्पतालमा सामान्य औषधिसमेत नहुँदा बिरामीले समस्या भोग्नु परेको छ ।

अस्पतालसँग सामान्य औषधिसमेत नहुँदा बिरामीलाई अहिले निजी मेडिकल पठाइने गरिएको छ । असार पहिलो साता आएको बाढीपछि जिल्ला अस्पतालले औषधि अभाव झेल्नु परेको डा. नवीन तिवारीले बताए ।

सरकारले ४२ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइरहे पनि पछिल्ला दिनमा सामान्य औषधिसमेत बाहिर खरिद गर्न पठाउने गरेको स्थानीयको गुनासो छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us