प्रमुख निर्बाचन आयुक्त उप्रेती थिम्पु जादै

काठमाण्डु टुडे २०७० असोज १४ गते ५:१० मा प्रकाशित

nilakanthaकाठमाण्डु, १४ असोज–चुनावको मिति नजिकिदै जाँदा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती सोमबार भुटानको राजधानी थिप्पु जाँदैछन् । सार्क निर्वाचन आयुक्तहरुको बैठकका लागि उनी सोमबार अपरान्ह थिम्पु जान लागेका हुन् ।

सम्मेलन असोज १५ देखि १८ गतेसम्म हुने हुदैछ । संविधानसभा निर्वाचन तयारीको व्यस्तताका कारण उनी सम्मेलनको उदघाटन समारोहमा मात्रै सहभागी भएर स्वदेश फर्कने छन् ।

सार्क सदस्य राष्ट्रको एक प्रतिनिधित्व मात्र पनि उपस्थित नहुदा बैठक नै बस्न नसक्ने भएकाले उप्रेतीलाई जानैपर्ने बाध्यता परेको निर्बाचन आयोगका प्रवक्ता बीरबहादुर राईले भने । उनले निर्वाचन नजिकिएकाले उप्रेतीले भ्रमण छोट्याएर बुधबार स्वदेश फर्किने जानकारी समेत दिए ।

प्रमुख आयुक्त उप्रेतीले असोज २८ देखि ३१ गतेसम्म आयोजना हुने छैटौं विश्व निर्वाचन संगठनको सम्मेलनमा भाग लिन जाने कार्यक्रम भने रद्द गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us