समाचार

माया कुमारीलाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम

२०७० असोज १८ गते १०:११

काठमाण्डु १८ असोज–मायाकुमारी शर्मालाई कतारका लागि नेपाली राजदुतबाट बर्खास्त नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । रिटको अन्तिम किनारा नलागेसम्म शर्मालाई बर्खास्त नगर्न न्यायधिश प्रकाश वस्तीको एकल इजलाशले शुक्रवार सरकारलाई अन्तरिम आदेश दिएको हो । एकीकृत माओवादीका तर्फबाट राजदुत बनेकी शर्मालाई सरकारले राजीनामा ...

निर्वाचन बिथोल्नेलाई छोडिन्न: गृहमन्त्री

२०७० असोज १८ गते ९:०४

काठमाण्डु, १८ असोज– गृहमन्त्री माधवप्रसाद घिमिरेले संविधानसभा निर्वाचन बिथोल्न खोज्ने जो कोहीलाई सरकारले नछाड्ने चेतावनी दिएका छन् । ५८ औं प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन विथोल्ने उद्देश्यले गरिने कुनै पनि गैरकानुनी क्रियाकलाप सह्य नुहने...

वैद्य क्रान्तिकारीका महासचिव शाहीले पार्टी छाडे

२०७० असोज १८ गते ८:४१

काठमाण्डु, १८ असोज– नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव कमल शाहीले पार्टी परित्याग गरेका छन् । माओवादीको भ्रमपूर्ण कार्यदिशामा आफू रहन नसक्ने भन्दै उनले पार्टी छाडेका हुन् । शाहीले शुक्रबार विज्ञप्ती निकालेर नेकपा–माओवादीले इमान्दार क्रान्तिकारी नेता–कार्यकर्तालाई भ्रममा राखेर गम्भीर धोका दिएको आरोप लगाएका छन्...

ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

२०७० असोज १८ गते ४:५८

दैलेख, १८ असोज–कर्णाली राजमार्ग अन्तरग दैलेखको खड्कवाडा गाविस ७ मुसेगैराको जंगलमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको लकान्द्र गाविस ७ का २५ बर्षीय चिन दसौंदी र ट्याक्टर चालक सुर्खेत हरिहरपुर गाविस डोक्पाका २३ बर्षीय भक्तबहादुर घर्ती रहेको...

वैद्य माओवादीले पनि दियो चुनावमा उम्मेदवारी

२०७० असोज १८ गते ४:५८

भक्तपुर, १८ असोज – चुनावको विपक्षमा रहेको नेकपा–माओवादीका नेताले पनि उम्मेदवारी दिएका छन् । पार्टीले चुनाव बहिस्कार गर्ने घोषणा गरे पनि भक्तपुरमा वैद्य माओवादीका स्थानीय दुई नेताले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । विहीबार मनोनयन दर्ता गराएका उनीहरुले चुनाव बहिस्कारले कुनै असर नपर्ने समेत बताए...

सर्बोच्चमा न्यायाधीश नियुक्ति दसैं अघि असम्भव

२०७० असोज १८ गते ४:५७

काठमाण्डु, १८ असोज– दसैं अघि सर्बोच्च अदालतमा न्यायाधीश नियुक्तिको सम्भावना सकिएको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सबै तहका अदालत बिदा हुने भएकाले दसैं अघि न्यायाधीश नियुक्तिको सम्भावना नदेखिएको हो । सर्वोच्चमा मुद्दाको भार बढ्दै गएको र एकल, संयुक्त, विशेष र आवश्यकता अनुसार पूर्ण इजलास...

लामखुट्टे खोज्न सरकारी टोली घरघरमा

२०७० असोज १८ गते ४:५६

चितवन, १८ असोज–दुई महिनाको अन्तरालमा २७ जनामा डेङ्गुको सङ्क्रमण देखिएपछि चितवनमा घरघरमै पुगेर डेङ्गु सार्ने लामखुट्टे मार्ने अभियान थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेर डेङ्गु सार्ने लामखुट्टे र त्यसको लार्भा एवम् प्युपा नष्ट गर्न थालेको हो...

चुनाव सफल पार्न प्रहरीद्वारा मातहतका निकायलाई निर्देशन

२०७० असोज १८ गते ४:२७

काठमाण्डु, १८ असोज – नेपाल प्रहरीले संविधानसभा निर्वाचनलाई सफल पार्न मातहतका सबै निकाय र कर्मचारीहरुलाई निर्देशन दिएको छ । ५८ औं प्रहरी दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिदै प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले यस्तो निर्देशन दिएका हुन् । ‘संविधानसभाको आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन...

दोस्रो दिन पनि पूर्वका नौं जिल्ला बन्द

२०७० असोज १८ गते ४:१५

झापा, १८ असोज– कार्यकर्ता पक्राउको विरोधमा कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान राज्य परिषदले शुक्रबार पूर्वका ९ जिल्ला बन्द आह्वान गरेको छ । बन्दका कारण यातायातका साधन कम चलेका छन् । चुनावको विरोधमा विहीबार आह्वान गरेको बन्दका क्रममा लिम्बुवानका १८ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो...

पन्ध्र गाविस सञ्चारसेवाबाट वञ्चित

२०७० असोज १८ गते ३:११

जाजरकोट, १८ असोज – जाजरकोटको पश्चिम क्षेत्रका १५ वटा गाउँ विकास समितिमा तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङ लागेर टावरमा क्षति पुगेपछि टेलिफोन सेवा अवरुद्ध भएको हो । ती गाविसलाई लक्षित गरी मजकोट–६ मा बनाइएको एक मात्र स्काई फोनको टावर बिग्रिएको...

आज विश्व पशुपंक्षी दिवस

२०७० असोज १८ गते २:५९

काठमाण्डु, १८ असोज – विश्व पशुपंक्षी दिवस नेपालमा पनि शुक्रबार बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । ‘पशुपंक्षी प्रति गरिने सदव्यवहार सभ्य नागरिकको आधार’ भन्ने नारा सहित दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा पशुपंक्षीको अधिकारको लागि कृयाशील बिभिन्न संघसंस्थाले कार्यक्रम गरेका छन् । पशु...

भ्यानबाट खसेर सहचालकको मृत्यु

२०७० असोज १८ गते २:५८

काठमाण्डु, १८ असोज – मोरङको पथरीमा पिकअप भ्यानबाट खस्दा एकजनाको मृत्यु भएको छ । को १ च ६०७६ नम्बरको भ्यानबाट खसेर सोही भ्यानका सहचालक स्थानीय १८ वर्षीय सविन्द्र राईको मृत्यु भएको हो । गम्भिर घाईते राईको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us