निर्वाचन बिथोल्नेलाई छोडिन्न: गृहमन्त्री

काठमाण्डु टुडे २०७० असोज १८ गते ९:०४ मा प्रकाशित

काठमाण्डु, १८ असोज– गृहमन्त्री माधवप्रसाद घिमिरेले संविधानसभा निर्वाचन बिथोल्न खोज्ने जो कोहीलाई सरकारले नछाड्ने चेतावनी दिएका छन् ।
madhav Ghimire५८ औं प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन विथोल्ने उद्देश्यले गरिने कुनै पनि गैरकानुनी क्रियाकलाप सह्य नुहने बताए । उनले गरिकलाई आश्वस्त तुल्याउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिए ।

कानुनले दिएको अधिकार निर्भिकतापूर्वक प्रयोग गरी सुरक्षा सुदृढ पार्न उनको निर्देशन छ । उनले ४ मंसिरमा हुने संविधानसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गरे ।

उनले सुरक्षा निकायलाई समयसापेक्ष परिवर्तन र सुदृढ गर्दै लैजाने उद्देश्यका साथ सरकारले दीर्घकालीन र अल्पकालीन योजना निर्माण गरेको पनि जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us