माया कुमारीलाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम

काठमाण्डु टुडे २०७० असोज १८ गते १०:११ मा प्रकाशित

mayaकाठमाण्डु १८ असोज–मायाकुमारी शर्मालाई कतारका लागि नेपाली राजदुतबाट बर्खास्त नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
रिटको अन्तिम किनारा नलागेसम्म शर्मालाई बर्खास्त नगर्न न्यायधिश प्रकाश वस्तीको एकल इजलाशले शुक्रवार सरकारलाई अन्तरिम आदेश दिएको हो । एकीकृत माओवादीका तर्फबाट राजदुत बनेकी शर्मालाई सरकारले राजीनामा  नदिएमा बर्खास्त गर्ने निर्णय गरेको थियो ।
शर्माले विवादास्पद अभिव्यक्ति दिएपछि एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले पनि उनलाई राजीनामा दिएर फिर्ता आउन टेलिफोनबाट आग्रह गरेका थिए । आफूलाई राष्ट्रपति डा रामवरण यादवले मात्र बर्खास्त गर्न सक्ने तर आफूलाई बर्खास्त गर्ने अधिकार सरकारसँग नरहेको दावी गर्दै शर्माले एक साता अघि सर्वोच्चमा रिट दायर गरेकी थिइन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us