वैद्य माओवादीले पनि दियो चुनावमा उम्मेदवारी

काठमाण्डु टुडे २०७० असोज १८ गते ४:५८ मा प्रकाशित

भक्तपुर, १८ असोज – चुनावको विपक्षमा रहेको नेकपा–माओवादीका नेताले पनि उम्मेदवारी दिएका छन् । पार्टीले चुनाव बहिस्कार गर्ने घोषणा गरे पनि भक्तपुरमा वैद्य माओवादीका स्थानीय दुई नेताले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

भक्तपुर घर भएका श्रीकृष्ण सुलुले भक्तपुर क्षेत्र नं. १ मा र टेकप्रसाद उप्रेतीले क्षेत्र नं २ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । ‘पार्टीको देशव्यापीरूपमा निर्वाचन बहिष्कार गर्ने नीति भए पनि चुनावमा भाग लिने मेरो व्यक्तिगत अधिकार हो,’ स्वतन्त्रबाट उम्मेदवारी दिएका सुलुले भने, ‘मलाई पार्टीले उठाएको होइन ।’

उनले निर्वाचन बहिष्कारको नीतिले गाउँलाई असर गरे पनि सहरलाई असर नगर्ने दावी पनि गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us