
दैलेख, १८ असोज–कर्णाली राजमार्ग अन्तरग दैलेखको खड्कवाडा गाविस ७ मुसेगैराको जंगलमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दैलेखको लकान्द्र गाविस ७ का २५ बर्षीय चिन दसौंदी र ट्याक्टर चालक सुर्खेत हरिहरपुर गाविस डोक्पाका २३ बर्षीय भक्तबहादुर घर्ती रहेको असई कृष्ण पौडेलले जानकारी दिए । लु २ त १४७६ नम्बरको ट्याक्टर राती साढे ८ बजे सडकबाट झण्डै २ सय मिटर तल कर्णाली नदी किनारमा खस्दा उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर दुर्घटनाको कारण भने खुलेको छैन ।