समाचार

आलममाथिको आक्रमणबाट एमाले डराउँदैनः ओली

२०७० असोज २० गते १५:०७

भक्तपुर, २० असोज– एमाले स्थायी कमिटी सदस्य केपी ओलीले बारा–४ का आफ्ना उम्मेदवार मोहम्मुद आलममाथि कायरतापूर्ण आक्रमण भएको र त्यस्तो आक्रमणबाट नडराउने बताएका छन् । पार्टी सम्वद्ध युवा संघले दसैं र तिहारका अवसरमा आइतबार ललितपुरको कौशलटारमा गरेको कार्यक्रममा ओलीले त्यस्तो आक्रमणबाट एमाले नतर्सने बताए...

राप्रपा अध्यक्ष थापाको शल्यक्रिया

२०७० असोज २० गते १४:५२

काठमाण्डु, २० असोज – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शल्यक्रिया गरिएको छ । मस्तिष्कमा रक्तश्राव भएका कारण दाहिने हात चलाउने अप्ठेरो भएपछि थापालाई शुक्रबार साँझ न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको न्यूरो अस्ततालमा आइतबार सफल शल्यक्रिया गरिएको हो । शल्यक्रिया...

परिवर्तन पक्षधरले नजिते फेरि संविधान बन्दैनः प्रचण्ड

२०७० असोज २० गते १२:३८

काठमाण्डु, २० असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचानसहतिको संघीयता पक्षधर शक्तिको दुई तिहाई बहुमत नआए नयाँ बन्ने संविधानसभाबाट पनि संविधान जारी हुन नसक्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार भएको पार्टी प्रवेश कार्यक्रममा उनले विगतमा परिवर्तनविरोधी शक्ति हाबी भएका...

चुनावी सुरक्षाको वातावरण बनाउन आयोगको आग्रह

२०७० असोज २० गते ११:५१

काठमाण्डु, २० असोज – राष्ट्रिय मानव अधिकार आयोगले आसन्न संविधानसभा निर्वाचनमा स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने नागरिक अधिकार ग्यारेण्टी गर्न सरकार र दलहरुलाई आग्रह गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै बारा–४ का एमाले उम्मेदवार मोहमुद आलममाथि भएको गोली प्रहारको घटनाले आफ्नो गम्भीर ध्यानाकर्षण...

प्रधानसेनापतिबारेको समाचार तथ्यहीनः नेपाली सेना

२०७० असोज २० गते ११:२१

काठमाण्डु, २० असोज – नेपाली सेनाले प्रधानसेनापति गौरवशम्शेर राणाले भारत भ्रमणका क्रममा चीन–भारत सम्बन्धबारे केही नबोलेको दाबी गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयले आइतबार विज्ञप्तिमार्फत प्रधानसेनापति राणाले कुनै पनि भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिएको दाबी गरेको हो । विज्ञप्तिमा राणाको अभिव्यक्ति भन्दै आएका समाचार तथ्यहीन...

कांग्रेससँग दलित आयोग आक्रोसित

२०७० असोज २० गते १०:५६

काठमाण्डु, २० असोज– प्रत्यक्षतर्फ एकजना पनि दलित उम्मेदवार नउठाएको भन्दै राष्ट्रिय दलित आयोग नेपाली काँग्रेससँग आक्रोशित बनेको छ । काठमाण्डुमा पत्रकार सम्मेलन गरी आयोगले दलितहरुलाई उपेक्षा गरेको निर्णय तत्काल सच्चाउन काँग्रेससँग माग गरेको छ । ‘कांग्रेसले प्रत्यक्षतर्फ एकजना दलितलाई पनि उम्मेदवार बनाएको छैन’ पत्रकार...

‘एकाध हिंसाका घटनाबाट निर्वाचनलाई असर पर्दैन’

२०७० असोज २० गते ९:१६

   विराटनगर, २० असोज–नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले मुलुकमा एक दुई हिंसाका घटना हुँदैमा संविधानसभाको निर्वाचनलाई त्यति असर नपर्ने बताएका छन । अध्यक्ष खनालले मुलुकको परिवर्तनका लागि निर्वाचन हुनैपर्ने भन्दै सञ्चारकर्मीसँगको भेटमा खनालले दल एवम् जनता बलिदान दिन तयार रहेको बताए । बारामा एमाले...

चुनाव पूर्णरुपमा सफल हुँदैन : नेम्वाङ

२०७० असोज २० गते ८:०९

इलाम, २० असोज–नेकपा एमाले नेता सुभाष नेम्वाङले नेकपा–माओवादी सहितका दललाई बाहिर राखेर गरिने संविधानसभा निर्वाचन सफल नहुने बताएका छन् । राष्ट्रिय सहमतिकोलागि मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधिश पदबाट राजिनामा दिनुपर्ने पनि उनले जोड दिए । इलाममा आइतबार भएको कार्यक्रममा उनले संविधानसभा चुनावलाई सफल बनाउन...

राष्ट्रिय झण्डा परिवर्तनको प्रस्तावले राष्ट्रियता कमजोर : सिंह

२०७० असोज २० गते ६:३२

काठमाण्डु, २० असोज । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले राष्ट्रिय झण्डा परिवर्तन गर्ने प्रस्ताव पछि मुलुकको राष्ट्रियता कमजोर भएको बताएका छन् । काठमाण्डुको क्षेत्र नम्वर एकमा आइतबार भएको कार्यक्रममा महामन्त्री सिंहले राष्ट्रिय झण्डा परिवर्तन गर्न प्रस्ताव भएपछि राष्ट्रियतामा समस्या आएको बताए । ‘राष्ट्रिय झण्डा...

शरणार्थी समस्या सुल्झाउन त्रिपक्षीय पहल गर्न माग

२०७० असोज २० गते ६:३०

झापा, २० असोज–नेपालमा बस्दै आएका भुटानी शरणार्थीहरुले भुटानको नवनिर्वाचित सरकारसँग त्रिपक्षीय कुटनीतिक पहल गरी शरणार्थी समस्या सुल्झाउन नेपाल सरकारलाई आग्रह गरेका छन् । भुटानी शरणार्थी स्वदेश फिर्ती ज्येष्ठ नागरिक समितिले आइतबार मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई पत्र पठाई सो माग गरेको हो । पत्रमा स्वदेश...

जिफन्ट काठमाण्डुमा चौलागाईं

२०७० असोज २० गते ६:२७

काठमाण्डु, २० असोज–नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) काठमाण्डु जिल्लाको अध्यक्षमा अर्जुन चौलागाईं निर्वाचित भएका छन् । जिल्लाको दोस्रो अधिवेशनले चौलागाईं नेतृत्वको नयाँ कार्यसमिति तीन वर्षका लागि चयन गरेको हो । उपाध्यक्षमा धनेन्द्र महत, सचिव राजकुमार रिमाल, सह–सचिव नन्दकुमारी ढकाल रहेका छन् । त्यस्तै सदस्यमा...

एक महिनादेखि अवरुद्ध टेलिफोन सेवा सुचारु

२०७० असोज २० गते ५:१३

दार्चुला, २० असोज । दार्चुला तथा बैतडीको मल्लदेही आसपासका क्षेत्रमा एक महिनादेखी अवरुद्ध सिडिएमए टेलिफोन सेवा शुरु भएको छ । दार्चुलाको सिप्टी गाविसमा रहेको स्काई टेलिफोनको टावरमा अज्ञात समूहले क्षति पु¥याउँदा एक महिनादेखि सो क्षेत्रमा टेलिफोन अवरुद्ध भएको थियो । सिडिएमए फोन सञ्चालन नहुँदा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us