लहान, २१ असोज–चुनावलाई लक्षित गर्दै सिरहामा सुरक्षा व्यवस्थामा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । चुनावलाई लक्षित गरेर भारतीय सीमासँग जोडिएका क्षेत्रमा विशेष निगरानी गरिरहेको प्रहरीले जनाएको छ । चुनावको सङ्घारमा कुनै किसिमको अप्रिय घटना हुन नदिनका लागि विशेष सतर्कता अपनाइएको प्रमुख...
राजविराज, २१ असोज–भुमिगत रुपमा सशस्त्र संघर्ष गर्दै आएको जयकृष्ण गोइत समूहको एक कमाण्डरलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वक्षेत्रीय सैन्य कमाण्डर मुनेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको हो । सप्तरीको लौनिया गाविस–१ घर भएका उनी मनिष उपनामले चिनिने गर्दछन् । एसपी दिनेश अमात्य नेतृत्वको टोलीले...
काठमाण्डु, असोज २१ – नवरात्रीको तेस्रो दिन सोमबार चन्द्रघण्टाको पूजा गरी मनाइदै छ । देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्नेहरुको भीडभाड छ । काठमाण्डुको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्शाल भगवती तथा गोरखाको मनकामना, हेटौडाको चुरियामाइ र भुटनदेवी लगायतका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।...
तुल्सीपुर, २१ असोज– दाङको तुल्सीपुरमा दुई समहबीच सोमबार विहान झडप भएको छ । तुल्सीपुरको ओम शान्ति फिल्म हल नजिक भएको झडपमा दुईजना गम्भीर घाइते भएका छन् । स्थानीय हरिकृष्ण ओली र सुरज ओली गम्भीर घाइते भएका हुन् । उनीहरु दुबै स्थानीय एमाले कार्यकर्ता हुन्...
डोल्पा, २१ असोज – एउटा गाउँमा नौं जनामात्र मतदाता छन् भन्दा सबैलाई अनौठो लाग्न सक्छ तर डोल्पाको उपल्लो डोल्पामा पर्ने धो गाउँ विकास समिति वडा नम्बर ५ कलाङ बस्तीमा भने नौं जनामात्रै मतदाता छन् । कलाङ बस्तीबाट धोस्थित क्रिस्टल माउन्टेन बोर्डिङ स्कुलमा रहेको मतदान...
कपिलवस्तु, २१ असोज– पूर्वपश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको वाणगंगामा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । मनकामना मन्दिर दर्शन गरेर दाङ फर्किने क्रममा बा २ ख १५९१ नम्बरको बस पुलबाट वाणगंगा नदीमा खस्दा तुल्सीपुर नगरपालिकाकी ३९...
काठमाण्डु, २१ असोज–विश्व बसोबास दिवस सोमबार बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघसंस्थाले बिभिन्न कार्यक्रम आयोजना गरेका छन् । संयुक्त राष्ट्रसंघले यसबर्षको दिवसको नारा ‘सहरी आवागमन’ तय गरेको छ । संयुक्त राष्ट्रसंघले हरेक बर्षको अक्टुबर महिनाको पहिलो सोमबारलाई विश्व...
काठमाण्डु– निर्वाचन आयोगले उमेर नपुगेको र पार्टीको आधिकारिक पत्र नभएको भन्दै आसन्न संविधानसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पाँच जना उम्मेदवारको उम्मेदवारी रद्द गरेको छ । प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ५ जनाको उम्मेदवारी रद्ध गरिएको हो । उम्मेदवारी रद्ध हुनेमध्ये २ जना उम्मेदवारको, एकजना प्रस्तावकको उमेर...
काठमाण्डु, २० असोज– प्रधासेनापति गौरवशम्शेर राणाले भारतीय सञ्चार माध्यम ‘टाइम्स अफ इन्डिया’को अनलाइन संस्करणलाई अन्तर्वार्तामा दिएकामा रक्षा मन्त्रालय गम्भीर बनेको छ । प्रधानसेनापति राणाले कुटनीतिक मर्यादाविपरीत अन्तर्वार्तामा दिएको भन्दै रक्षामन्त्रालय गम्भीर बनेको हो । साताव्यापी भारत भ्रमणका क्रममा रहेका प्रधानसेनापति राणाले ‘टाइम्स अफ इन्डिया’को...
कालीकोट, २० असोज–संविधानसभाको निर्वाचन नजिकिँदै गर्दा आफ्ना समस्या समाधानका लागि पहल नगरेको भन्दै कालीकोटस्थित शान्तिघाटका बाढी पीडितले आउने संविधानसभाको निर्वाचनमा कुनै पनि दलका उम्मेदवारलाई मतदान नगर्ने बताएका छन् । गएको असार २ गते आएको भयानक बाढीका कारण मेहलमुडिको लामाबगरमा १६ जनाको ज्यान लिने गरी...
काठमाण्डु, २० असोज–पार्टीको आधिकारिक उम्मेदवारका ठाँउमा बागी उम्मेदवारी दर्ता गराएका एकीकृत माओवादीका दुई नेताले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एकीकृत नेकपा माओवादीले आसन्न संविधानसभा निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध बागी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गराउने पहल सुरु गरेलगत्तै उनीहरुले आफ्नो नाम फिर्ता गरेका हुन । धनुषा–१...
काठमाण्डु, २० असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाले दसैं र तिहारलगत्तै आन्दोलन चर्काउने निर्णय गरेको छ । माओवादी कार्यालय बुद्धनगरमा आइतबार बसेको मोर्चाको बैठकले दसैं तिहारलगत्तै निर्वाचनलाई प्रभावित गर्ने गरी आन्दोलनका कार्यक्रम ल्याउने निर्णय गरेको क्रान्तिकारी कमयुनिष्छ पार्टीका केन्द्रीय सदस्य प्रकाश...