समाचार

बाढीपीडित परिवारलाई राहत वितरण

२०७० असोज २२ गते १:५५

कञ्चनपुर, २२ असोज– बालबालिका उत्थान तथा ग्रामीण विकास केन्द्र काठमाण्डुले असार पहिलो साताको बाढीबाट विस्थापित भएका कञ्चनपुरका ५२ घरपरिवार बाढीपीडितलाई राहत वितरण गरेको छ । आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचन आचारसंहिताले राहत वितरण सरकारी निकायबाट हुनुपर्ने नियम भएपछि केन्द्रले जिल्ला प्रशासन कार्यालयको...

दशैंको मुखमा लुगा उपहार

२०७० असोज २२ गते १:५२

झापा, २२ असोज – सचेत युवा मञ्च शनिश्चरे झापाले असहाय परिवारलाई दशैंको लुगा वितरण गरेको छ । शनिश्चरे, अर्जुनधारा र खुदुनाबारीका १ सय ६० घरका वृद्ध, अशक्त महिला र बालबालिकालाई शनिश्चरे देवकोटा चोकमा एक कार्यक्रम आयोजना गरी लुगा वितरण गरिएको हो । सामाजिक संघसंस्था,...

वैद्यका नेताले पठाए बाबुरामलाई एसएमएस

२०७० असोज २१ गते १५:००

गोरखा, २१ असोज – मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकृत माओवादी नेता बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता लिन मोबाइलमा एसएमएस पठाएको छ । नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् गोरखा इन्चार्ज परशुराम रम्तेलले मोबाइलमा एसएमएस पठाएर भट्टराईलाई उम्मेदवारी झिक्न आग्रह गरेका हुन् । रम्तेलले भट्टराईका स्वकीयसचिव विश्वदीप...

उम्मेदवारको सुरक्षा गर्न उच्चस्तरीय समितिको माग

२०७० असोज २१ गते १२:३५

काठमाण्डु,  २१ असोज – उच्चस्तरीय राजनीतिक समितिले संविधानसभा उम्मेदवारको सुरक्षा गर्न सरकारसँग माग गरेको छ । समिति संयोजक एवम् एमाले अध्यक्ष झलनाथ खनालले सोमबार मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेट गरी उम्मेदवारको सुरक्षामा गम्भीर हुन आग्रह गरेका हुन् । उनले एमाले बारा–४ का उम्मेदवार मोहम्मुद...

काँग्रेस उमेदवार आफ्नै कार्यकर्ताबाट बहिस्कृत

२०७० असोज २१ गते १०:२३

तेह्रथुम, २१ असोज – चुनावमा झुठा आश्वास बाँड्न लागेको भन्दै नेपाली काँग्रेसका उम्मेदवारलाई आफ्नै कार्यकर्ताहरुले गाउँ पस्न रोक लगाएका छन् । अघिल्लो संविधानसभा निर्वाचनमा दिएका आश्वासन पूरा नगरेको र आगामी चुनावमा भोट माग्न आएको भन्दै काँग्रेस कार्यकर्ताहरुले गाउँमा निषेध गरेका हुन् । तेह्रथुमको तरुण...

बाबुको रिसले छोरालाई चोट

२०७० असोज २१ गते ९:५९

रत्ननगर (चितवन), २१ असोज–रिसलाई सम्हाल्न नसक्दा पीडादायी घटना सोमबार चितवनमा देखिएको छ । चितवनको बछौंलीका एक पुरुषले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गर्दा छोरा गम्भीर घाइते भएका छन् । घरायसी विवादका कारण झगडा हुँदा श्रीमान् सुरेश राईले श्रीमती तारा राईमाथि धारिलो हतियार प्रहार गरेका ...

निर्वाचन आयोगका कर्मचारी दशैं विदा नबस्ने

२०७० असोज २१ गते ९:५९

काठमाण्डु, २१ असोज–निर्वाचन आयोगका कर्मचारीहरुले यसपालीको दशैं विदा नपाउने भएका छन् । चुनावको तयारीमा लाग्नु पर्ने भएकाले सबै कर्मचारीलाई विदा नदिने आयोगले निर्णय गरेको हो । ‘निर्वाचन प्रकृया शुरु भैसकेको र सबै कर्मचारी तयारीमा लाग्नुपर्ने भएकाले यसपालीको दशैंमा विदा नबस्ने निर्णय भएको हो,’ आयोगका...

दशैं विदामा पनि सर्बोच्च अदालत खुल्ला

२०७० असोज २१ गते ८:१२

काठमाण्डु, २१ असोज – सर्वोच्च अदालतले दशैंको कोजाग्रत पूर्णिमासम्म सार्बजनिक विदाको दिन पनि बन्दी प्रत्यक्षिकरण रिट सुनुवाईका लागि इजलास खुल्ला राख्ने भएको छ । बन्दी प्रत्यक्षिकरणको रिट सुनुवाई गर्न फूलपाती, टिकाको दिन र शनिवार बाहेक प्रत्येक दिन ११ बजेदेखि ३ बजेसम्म इजलास बस्ने व्यवस्था...

विषाक्त खानाले झापामा तीन दर्जन बढी विरामी,तेह्रथुम कारागारका २० कैदीबन्दी अस्पताल भर्ना

२०७० असोज २१ गते ६:०५

झापा, २१ असोज–झापाको शान्तिनगरमा विषाक्त खाना खाँदा तीन दर्जन भन्दा बढी विरामी परेका छन् । विरामी परेका मध्ये १२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । शान्तिनगर ३ का नेत्र भट्टराईको घरमा भएको पूजाको प्रसाद खाएकाहरु विरामी परेका हुन् । विरामीहरुको कन्काई अस्पताल र मनमोहन...

१० लाखले काठमाण्डु छाडे,९४ चालकलाई सार्वजनिक अपराधको मुद्दा

२०७० असोज २१ गते ६:०४

काठमाण्डु, २१ असोज – बडादशैं मनाउने सिलसिलामा सडकमार्ग हुदै १० लाख भन्दा बढी मानिस काठमाण्डु उपत्यकाबाट बाहिरिएका छन् । यही असोज १ देखि असोज २० गतेसम्म १० लाख १७ हजार मानिस दशैं मनाउने सन्दर्भमा उपत्यका बाहिर हिँडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख केशव अधिकारीले...

‘चुनावमा सेना परिचालनको गलत हल्ला’

२०७० असोज २१ गते ५:०५

धनगढी, २१ असोज–कैलालीको धनगढीमा सदूरपश्चिमस्तरीय सुरक्षा गोष्ठी सोमबार शुरु भएको छ । संविधानसभालाई लक्षित गरी अपनाउनु पर्ने सुरक्षा रणनीति तय गर्न गोष्ठी आयोजना गरिएको हो । सोमबारै सकिने गोष्ठीले सुदूरपश्चिमको सुरक्षा अवस्थाको समिक्षा गरी अपनाउनु पर्ने रणनीति तय गर्ने छ । गोष्ठीमा गृहमन्त्री माधव...

आयोगले उम्मेदवारको नामावली प्रकाशित गर्दै

२०७० असोज २१ गते ५:०२

काठमाण्डु, २१ असोज–निर्वाचन आयोगले प्रत्यक्ष तर्फका उम्मेदवारहरुको नामावली सोमबार प्रकाशित गर्दैछ । उम्मेदवारहरु विरुद्ध परेका छानविन सकिएकाले सोमबार सूची प्रकाशन गरिने आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिए । उम्मेदवारहरुले नामावली फिर्ता लिन चाहे आयोगले मंगलबारसम्मको समय दिएको छ । उम्मेदवारहरुको अन्तिम नामावली भने बुधबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us