उम्मेदवारको सुरक्षा गर्न उच्चस्तरीय समितिको माग

काठमाण्डु टुडे २०७० असोज २१ गते १२:३५ मा प्रकाशित

काठमाण्डु,  २१ असोज – उच्चस्तरीय राजनीतिक समितिले संविधानसभा उम्मेदवारको सुरक्षा गर्न सरकारसँग माग गरेको छ ।
Khanal-and-Khil-Raj-Meeting-200x121समिति संयोजक एवम् एमाले अध्यक्ष झलनाथ खनालले सोमबार मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेट गरी उम्मेदवारको सुरक्षामा गम्भीर हुन आग्रह गरेका हुन् ।

उनले एमाले बारा–४ का उम्मेदवार मोहम्मुद आलममाथि गोली हान्ने समूहको पहिचान गरी कानुनी दायरामा ल्याउनसमेत माग गरेका छन् । भेटमा अध्यक्ष रेग्मी र खनालबीच आसन्न संविधानसभा निर्वाचन, उम्मेदवारको सुरक्षालगायत विषयमा छलफल भएको रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले बताए ।

जवाफमा रेग्मीले सरकारले घटनामा संलग्नको खोजी भइरहेको र केही दिनभित्रै कानुनी दायरामा ल्याउने दाबी गरेका थिए । उनले निर्वाचन सुरक्षाका लागि सरकारले प्रभावकारी नीति ल्याउने तयारी गरिरहेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us