दशैंको मुखमा लुगा उपहार

काठमाण्डु टुडे २०७० असोज २२ गते १:५२ मा प्रकाशित

झापा, २२ असोज – सचेत युवा मञ्च शनिश्चरे झापाले असहाय परिवारलाई दशैंको लुगा वितरण गरेको छ । शनिश्चरे, अर्जुनधारा र खुदुनाबारीका १ सय ६० घरका वृद्ध, अशक्त महिला र बालबालिकालाई शनिश्चरे देवकोटा चोकमा एक कार्यक्रम आयोजना गरी लुगा वितरण गरिएको हो ।

सामाजिक संघसंस्था, समाजसेवी, दानवीर, उद्योगपति र व्यापारी र पत्रकारहरुबाट नयाँ लुगा संकलन गरी वितरण गरेको मञ्चका अध्यक्ष चतुर्भुज काफ्लेले जानकारी दिए ।

कार्यक्रममा क्षेत्र नम्बर ४ का उम्मेदवारहरु उद्धव थापा, प्रेम गिरी, प्रल्हाद सापकोट, क्या.मानबहादुर राईलगायतले मञ्चले वृद्धा, अशक्त, महिला तथा बालबालिकालाई चाडबाडको मुखमा लुगा वितरण गरेर उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us