काँग्रेस उमेदवार आफ्नै कार्यकर्ताबाट बहिस्कृत

काठमाण्डु टुडे २०७० असोज २१ गते १०:२३ मा प्रकाशित

NC-Flagतेह्रथुम, २१ असोज – चुनावमा झुठा आश्वास बाँड्न लागेको भन्दै नेपाली काँग्रेसका उम्मेदवारलाई आफ्नै कार्यकर्ताहरुले गाउँ पस्न रोक लगाएका छन् । अघिल्लो संविधानसभा निर्वाचनमा दिएका आश्वासन पूरा नगरेको र आगामी चुनावमा भोट माग्न आएको भन्दै काँग्रेस कार्यकर्ताहरुले गाउँमा निषेध गरेका हुन् ।

तेह्रथुमको तरुण दल र नेबिसंघ सम्दु गाउँ ईकाइ समितिले उम्मेदवारलाई गाउँमा प्रतिबन्ध लगाएका छन् । अघिल्लो संविधान सभा निर्वाचनमा उम्मेदवार बनेका तुलसी सुब्बा, जिल्ला सभापति गोविन्द ढुंगाना, सचिव तेजबहादुर कार्की लगायतले दिएको आश्वासन अहिलेसम्म पुरा नगरेको स्थानीय कार्यकर्ताको गुनासो छ ।

‘पहिले गाउँ विकास गर्छु, संविधान बनाउँछु भनेर भोट मागे तर, केही गरेनन् । अहिले कुन मुखले गाउँ छिर्न लागेका छन् ?’ तरुण दल सम्दु गाविस अध्यक्ष शंकर लिम्वुले भने, ‘झुठा आश्वासन बाँड्ने नेतालाई चुनाव अवधिभर गाउँ छिर्न दिन्नौं ।’

काँग्रेस जिल्ला सभापति ढुंगानाले भने पार्टीको आन्तरिक विवादका कारण यस्तो परिस्थिति सिर्जना भएको र छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us