काठमाण्डु २३ असोज–चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिकी उपाध्यक्ष एवम् शान्ति र निःशस्त्रीकरणका लागि चिनियाँ जनसङ्गठनकी उपाध्यक्ष यान चुनछीले संबिधानसभा निर्वाचनमा नेकपा–माओवादी सहभागी हुन नसक्नुको कारण खोजेकी छिन । संबिधानसभा निर्वाचनमा सबै पक्षको सहभागीता हुनु पर्ने धारणा राख्दै चुनछीले राष्ट्रपति डा. रामवरण यादवसँग बुधवार अपराह्न...
चितवन, २३ असोज– एमाले नेता सुरेन्द्र पाण्डेले एकल जातीय संघीयताको एजेण्डा उठाएका कारण एकीकृत नेकपा माओवादी आसन्न संविधानसभा निर्वाचनमा नराम्ररी पराजित हुने बताएका छन् । प्रेस चौतारी चितवनले बुधबार भरतपुरमा गरेको पत्रकार भेटघाटमा उनले माओवादी तेस्रो हुने बताए । उनले नेपालमा बहुजातीय संघीयता आवश्यक...
दोलखा, २३ असोज – दोलखामा दसैंमा घर जान हिंडेका यात्रु सवार बस दुर्घटना हुँदा एक प्रहरी जवानको ज्यान गएको छ । काठमाण्डुबाट यात्रु लिएर गएको बा २ ख ९८०४ नम्बरको बस पुष्पलाल मार्ग नजिकै मेलुङमा दुर्घटना भएको हो । दुर्घटनामा प्रहरी जवान दिपात लामाको...
काठमाण्डु २३ असोज–नेपाली काँग्रेसले आगामी संविधानसभाको निर्वाचनका लागि पार्टीले प्रस्तुत गरेको आधिकारीक उम्मेदवारबिरुद्ध खडा भएका बागी उम्मेदवारलाई पार्टीको सदस्यबाट निस्काशन गरेको छ । सो पार्टीले जारी गरेको प्रेस बिज्ञप्तिमा पार्टीको आधिकारिक उम्मेदवारको बिरुद्धमा खडा भएका बागी उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपले पार्टीका कुनै पनि सदस्यले...
काठमाण्डु, २३ असोज–एकीकृत नेकपा माओवादीले काठमाण्डुमा चुनावी प्रचार प्रसार जारी राखेको छ । यसैक्रममा काठमाण्डु क्षेत्रनम्बर ३ का एकीकृत माओवादी कार्यकर्ताहरुले बुधबार विहान मोटर साइकल र्याली निकालेका छन् । चाबहिलको चुच्चेपाटीबाट निकालिएको र्याली क्षेत्रभरी नै परीक्रमा गरेको थियो । काठमाण्डु क्षेत्रनम्बर ३ मा एमाओवादीले गणेश...
काठमाण्डु, २३ असोज – आउँदो मंसिर चार गते हुने दोस्रो संविधानसभा चुनावमा प्रत्यक्षतर्फको उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली बुधबार प्रकाशित हुँदै छ । २ सय ४० वटै निर्बाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्न लागिएको हो । ति उम्मेदवारहरुलाई विहीबार चुनाव चिन्ह...
काठमाण्डु, २३ असोज–गैरसरकारी संस्थाहरुमा आर्थिक अनियमितता र भ्रष्टाचार भएको जान्दा जान्दै पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्न सकेको छैन । गैरसरकारी संस्थाहरुमा हुने भ्रष्टाचार सम्बन्धी गुनासा र उजुरी अख्तियारमा आए पनि त्यस्ता उजुरीहरुलाई अख्तियारले पन्छाउने गरेको छ । अख्तियारले जानी जानी आँखा चिम्लिएको...
काठमाण्डु, २३ असोज–गुल्मी र कास्कीमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । गुल्मीको बेलौनी खोलास्थित साखा सडकखण्डमा लु १ त ६१४३ नम्वरको ट्याक्टर सडकबाट अन्दाजी ८० मिटर तल खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ...
काठमाण्डु, २३ असोज–बडादशैंको पाँचौ दिन बुधबार पनि देशभरका दुर्गा देवीको मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लागेको छ । दशैंको पाचौं दिन कुमार कार्तिकेयकी माता स्कन्दमाताको पूजा गरिन्छ । दशैंको ९ दिनसम्म हरेक दिन छुट्टाछुट्टै देवीको पूजा गर्ने चलनअनुसार बुधबार श्वेतवर्णकी स्कन्दमाताको पूजा गरिएको हो ।...
दोलखा, २२ असोज – एकीकृत माओवादी केन्द्रीय सदस्य गंगा कार्कीले ‘विश्व’ समानुपातिकतर्फको उम्मेदवार बन्न अस्वीकार गरेका छन् । बिनाजानकारी उम्मेदवार बनाएको भन्दै उनले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी अस्वीकार गरेका हुन् । कार्कीलाई माओवादीले समानुपातिक उम्मेदवार बनाएको समाचार केही दिनअघि सञ्चारमाध्यममा आएको थियो ।...
काठमाण्डु–आगामी संबिधानसभा निर्वाचनमा राजनीतिक दलको पहिचान खुल्ने पोशाक लगाउन नपाइने भएको छ । त्यसो गरेमा आचार सँहिता उलंघन हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले विज्ञप्ती निकालेर चुनावमा प्रचार प्रसार गर्ने उदेश्यले राजनीतिक दलको झण्डा, निर्वाचन चिन्ह, छापिएको टोपी, टिसर्ट, कमिज, झोला, कलम लगायतका...
काठमाण्डु–नेपाली कांग्रेसले काठमाण्डु–४ बाट प्रत्यक्षतर्फ टिकट नदिएपछि गगन थापाविरुद्ध उम्मेदवारी दिएकी सुप्रभा घिमिरेले चावहिलस्थित आफ्नो चुनावी प्रचार-प्रसार कार्यालय सञ्चालनमा ल्याएकी छन् । अघिल्लो संविधानसभामा निर्वाचित ९५ प्रतिशतले कांग्रेसमा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ टिकट पाएको अवस्थामा पनि क्षेत्रीय समितिलाई विभिन्न ढंगले प्रभावमा पारी काठमाण्डु–४ को...