प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै

काठमाण्डु टुडे २०७० असोज २३ गते २:५७ मा प्रकाशित

nirbachan-aayogकाठमाण्डु, २३ असोज – आउँदो मंसिर चार गते हुने दोस्रो संविधानसभा चुनावमा प्रत्यक्षतर्फको उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली बुधबार प्रकाशित हुँदै छ । २ सय ४० वटै निर्बाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्न लागिएको हो ।

ति उम्मेदवारहरुलाई विहीबार चुनाव चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

मंगलबार विभिन्न जिल्लाका १ सय ८५ उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । उनीहरुको उम्मेदवारी फिर्तापछि २ सय ४० निर्बाचन क्षेत्रमा अब ६ हजार १ सय ५८ जना उम्मेवार चुनाव लड्ने भएका छन् । आयोगका अनुसार सबैभन्दा बढी मध्यमान्चलमा ८६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै मध्यपश्चिमान्चलबाट ३३ जना, पूर्वान्चलबाट ३० जना, पश्चिमान्चलमा २० जना र सुदूरपश्चिमान्चलमा १६ जनाले उम्मेदवारी फिर्ता लिएको निर्बाचन आयोगले जनाएको छ ।

गत विहीबार मनोनयन दर्ता गराएका मध्ये ६ हजार ३ सय ४३ सदर उम्मेदवारको सूची आयोगले सोमबार प्रकाशित गरेको थियो । सोमबार प्रकाशित सूची मध्येबाट पनि उम्मेदवारी फिर्ता लिन आयोगले मंगलबार विहान १० बजेदेखि बेलुका पाँच बजेसम्मको समय दिएको थियो । विहीबार मनोनयन दर्ता गराएकामध्ये ११ जनाको भने प्रकृया नपुगेको भन्दै आयोगले सोमबारै रद्ध गरेको थियो ।

यसैबीच नेपाली काँग्रेसका सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलको वागी उम्मेदवारी यथावत रहेका छन् भने बरिष्ठ नेता शेर बहादुर देउवाको भने वागी उम्मेदवारी फिर्ता भएको छ । नवलपरासीमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध वागी उम्मेदवारी दिएकाहरुलाई काँग्रेसले कारबाही गरेको छ ।

सुर्खेतमा एमालेका यामलाल कँडेल विरुद्धको पनि वागी उम्मेदवारी फिर्ता भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us