समाचार

दुई समूहबीच झडप, चारजना गम्भीर

२०७० असोज २५ गते ३:०८

पर्वत, २५ असोज-पर्वतको भोर्ले गाविसमा दुई समूहबीच बिहीबार साँझ झडप भएको छ । झडपमा चारजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा सरौखोला गाविसका भद्रबहादुर गुरुङ र रमेश आले तथा भोर्ले गाविसका सन्तबहादुर गुरुङ र मदन गुरुङ रहेका छन् । उनीहरुको स्याङ्जाको वालिङस्थित स्वास्थ्य...

ट्याङ्करको ठक्करबाट आठजना घाइते

२०७० असोज २५ गते २:४४

काठमाण्डु, २५ असोज– काठमाण्डुको टेकुमा शुक्रबार विहान पानी बोक्ने ट्याङ्करले एक निजी भ्यानलाई ठक्कर दिदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । कालीमाटीबाट त्रिपुरेश्वरतर्फ आइरहेको बा २ ख ५५१७ नम्बरको ट्याङ्कले विपरित दिशामा रहेका बा १० च ४२२७ नम्बरको...

लोडसेडिङ घट्यो

२०७० असोज २५ गते २:३६

काठमाण्डु, २५ असोज– नेपाल विद्यतु प्राधिकरणले शुक्रबारदेखि लोडसेडिङको अवधि घटाएको छ । दशैं अवधिभर विहान करिब १३ घण्टा तथा बेलुका साढे ११ घण्टा गरी सातामा सरदर २४ घण्टा मात्रै लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । यस्तै सुनसरीको दुहवी लगायतका पूर्वी क्षेत्रमा विहान ७ र...

संसदीय व्यवस्था ध्वस्त भएकोमा बैद्यलाई चिन्ता

२०७० असोज २४ गते १७:१९

तुलसीपुर (दाङ), असोज–संसदीय व्यवस्था ध्वस्त पारी नयाँ जनवादी गणतन्त्रका लागि लडदै आएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई अहिले संसदीय व्यवस्था ध्वस्त हुन थालेकोमा चिन्ता लाग्न थालेको छ । चार दलिय गठबन्धनले नेपालको संसदीय व्यवस्था ध्वस्त पारेको आरोप लगाउँदै अध्यक्ष बैद्यले नयाँ राजनीतिक सहमति बिना मुलुकको...

आयोगद्वारा २४० निर्वाचन क्षेत्रमा चुनाव चिन्ह प्रदान

२०७० असोज २४ गते १७:०३

काठमाण्डु २४ असोज–आगामी संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फ भाग लिने उम्मेदवारका लागि निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको  छ । आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार २४० वटै निर्वाचन क्षेत्रमा आयोगले उम्मेदवारी दिएका उम्मेदवारलाई चिन्ह प्रदान गरिएको हो । यसैगरी आयोगले बिहिवार उम्मेदवारलाई परिचयपत्रसमेत वितरण गरेको...

कसरी भयो दैलेखमा प्रहरी निरीक्षक र जवानको हत्या ?

२०७० असोज २४ गते १५:५५

दैलेख, २४ असोज– जिल्ला प्रहरी कार्यालय दैलेखमा गोली चल्दा प्रहरी निरीक्षक हेमराज भट्ट र प्रहरी जवान कमल शर्माको मृत्यु भएको छ । प्रहरी जवान शर्माले भट्टको हत्यापछि आफूले पनि आत्महत्या गरेको बताइए पनि कारण स्पष्ट खुलेको छैन । बैतडी घर भएका भट्ट कन्चनपुर बस्दै आएका...

काँग्रेसी उम्मेदवारले बुझाए प्रहरीलाई हतियार

२०७० असोज २४ गते १५:४४

बर्दिवास, २४ असोज–दोस्रो संविधानसभा सदस्य निर्वाचनमा महोत्तरी–१का नेपाली काँग्रेसका उम्मेदवार चिरञ्जीवी हमालले आफ्नो स्वामित्वका दुई थान इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाएका छन । हमालले आफ्नो स्वामित्वका २२ बोरको राइफल र एकनाले बन्दुक एक एक थान हतियार बुझाएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । जिल्ला...

माओवादीको त्यागले निर्वाचन सुनिश्चित: प्रचण्ड

२०७० असोज २४ गते ९:५०

काठमाण्डु, २४ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको ठूलो त्यागपछि मात्र दोस्रो संविधानसभा निर्वाचन सुनिश्चित भएको दाबी गरेका छन् । पार्टी सम्वद्ध सोलु–काठमाण्डु संघीय जनसम्पर्क मञ्चले दसैंका अवसरमा बिहीबार राजधानीमा गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले निर्वाचनकै लागि बाबुराम भट्टराई नेतृत्वको...

सरकारी कार्यालय प्रमुखले निर्वाचनअघि जिल्ला छाड्न नपाउने

२०७० असोज २४ गते ९:०५

काठमाण्डु, २४ असार– सरकारले जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरुलाई दोस्रो संविधानसभा निर्वाचनअघि जिल्ला नछाड्न निर्देशन दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले 2  कात्तिकदेखि ४ मंसिरको निर्वाचन भएर परिणाम सार्वजनिक नभएसम्म कार्यालय प्रमुखहरुले जिल्ला छाड्न नपाउने निर्णय गरेको हो । जिल्ला छाड्न नपाउनेमा प्रहरी, सशस्त्र...

एमाले उम्मेदवार आलम मृत घोषित, अन्त्येष्टिका लागि गृहजिल्ला बारा लगिने

२०७० असोज २४ गते ७:३३

काठमाण्डु, २४ असोज– एमाले केन्द्रीय सदस्य एवम् बारा– ४ का उम्मेद्वार महमुद आलमको निधन भएको छ । अज्ञात समूहको गोली लागि गम्भीर घाइते भएर शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका आलमलाई अस्पतालले बिहीबार मृत घोषित गरेको हो । एक साताअघि नचिनेका मान्छेहरुको समूहको गोली लागी...

देशभरबाट माओवादीको प्रतिकार गर: मोहनविक्रम सिंह

२०७० असोज २४ गते ६:०२

अर्घाखाँची, २४ असोज– नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देशभर एकीकृत माओवादीको प्रतिकार गर्न कार्यकर्ता र जनतालाई अपिल गरेका छन् । चुनावी अभियानका लागि अर्घाखाँची पुगेका सिंहले बिहीबार भएको कार्यकर्ता प्रशिक्षणमा माओवादी उम्मेदवारलाई मतदान नगर्न र देशभरबाट लखेट्न आग्रह गरेका हुन् । जातीय नारा दिएर...

कोइरालाले आफ्नै कार्यकर्तालाई भने, ‘प्रजातन्त्र विरोधी’

२०७० असोज २४ गते ५:५८

चितवन, २४ असोज– नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले समानुपातिक ढंगबाट उम्मेदवारी बाँडफाँड गर्नुपरेकाले आकांक्षीमध्ये थोरैले मात्र टिकट पाएको बताएका छन् । रिपोर्टर्स क्लब चितवनले विहीबार नारायणगढमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कोईरालाले देश संघियतातर्फ गएकाले सबै जातजाती, धर्म, लिङ्ग र वर्ग विशेषलाई समेट्नु परेकाले धरै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us