समाचार

बडादशैंअन्तर्गत आज महानवमी

२०७० असोज २७ गते ०:२८

काठमाण्डु, २७ असोज– बडादसैँको नवौँ दिन आज शक्तिस्वरुपा दुर्गा भवानीको नवौं शक्ति मानिने महासिद्धिदात्री भगवतीको पूजा आराधना गरिंदैछ । घटस्थापनाका दिन आ–आफ्ना घर तथा दसैं घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाउने चलन छ । यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत देशका...

एमाले स्थायी कमिटी बैठक आज बस्दै

२०७० असोज २७ गते ०:०२

काठमाण्डु, २७ असोज– संविधानसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको अन्तिम टुङ्गो लगाउन र निर्वाचन घोषणापत्रलाई अन्तिम रूप दिन एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । निर्वाचन कार्यतालिकाअनुसार समानुपातिकतर्फको उम्मेदवार सूचीमा हेरफेर गरी तत्काल पठाउनुपर्ने भएकाले बडादसौकै बीचमा पनि बैठक बस्न लागेको हो । यसअघि...

चिनियाँ जनकङ्ग्रेस उपाध्यक्ष स्वदेश प्रस्थान

२०७० असोज २६ गते ११:१३

काठमाण्डु, ६ असोज– चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिकी उपाध्यक्ष एवम् शान्ति र नि:शस्त्रीकरणका लागि चिनियाँ जनसङ्गठनकी उपाध्यक्ष यान जुन्की नेपालको पाँचदिने भ्रमण पूरा गरी शनिबार  स्वदेश प्रस्थान गरेकी छन् । स्वदेश फर्कनुअघि विमानस्थलमा उपाध्यक्ष यानलाई नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताइ, परराष्ट्र मन्त्रालयका नायव...

संविधानसभा निर्वाचनविरोधी प्रतिक्रान्तिकारी: भट्टराई

२०७० असोज २६ गते १०:४८

गोरखा, २६ असोज– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले संविधानसभा निर्वाचन बिथोल्न खोज्ने शक्ति प्रतिक्रान्तिको पक्षमा रहेको बताएका छन् । दसैंको अवसरमा चुनावी प्रचार–प्रसारका लागि गृहजिल्ला गोरखा पुगेका उनले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिक्रान्तिकारीलाई फाइदा पुग्ने गरी चुनाव बहिस्कार नगर्न निर्वाचन प्रक्रियामा असहमत दललाई आग्रह...

एमाले उपाध्यक्ष गौतमले भने: बाँकेमा सुशील कोइराला जिताउँछौं

२०७० असोज २६ गते १०:०२

नेपालगञ्ज, २६ असोज– एमाले उपाध्यक्ष बामदेव गौतमले काँग्रेस सभापति सुशील कोइरालालाई बाँकेबाट चुनाव जिताउन आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् । काठमाण्डु फर्कनुअघि शनिबार नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले कोइरालालाई जिताउनकै लागि आफूहरुले कमजोर उम्मेदवार खडा गरेको बताए । कोइराला बाँके–३ का उम्मेदवार...

एमालेसँग तालमेल हुँदैन: कोइराला

२०७० असोज २६ गते ९:४९

नेपालगञ्ज, २६ असोज– काँग्रेस सभापति सुशील कोइरालाले आफ्नो पार्टीको एमालेसँग चुनावी तालमेल हुने कुरा हल मात्र भएको बताएका छन् । दसैं मान्न गृहजिल्ला बाँके आइपुगेका उनले नेपालगञ्ज विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै शीर्ष नेता उठेका केही स्थानमा भने दुई पार्टीले एक अर्कालाई सघाउन सकिने...

राष्ट्रपतिबाट विभिन्न शक्तिपीठको दर्शन

२०७० असोज २६ गते ९:१५

काठमाण्डु, २६ असोज– बडादसैंको आठौं दिन महाअष्टमी पर्वका अवसरमा राष्ट्रपति रामवरण यादवले शनिबार  काठमाण्डु उपत्यकामा रहेका विभिन्न शक्तिपीठ पुगी पूजाअर्चना गरे । उनले नक्सालभगवती, शोभाभगवती, मैतीदेवी, भद्रकाली, सङ्कटालगायत मन्दिरमा पुगी माता भगवतीको दर्शन तथा पूजाअर्चना गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । यसअघि राष्ट्र...

उपत्यकाको ट्राफिक व्यवस्थापन कडा

२०७० असोज २६ गते ६:२४

काठमाण्डु, २६ असोज– चाडपर्वका बेला मादकप्रदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले उपत्यकाको ट्राफिक व्यवस्था कडा पारेको छ । चाडबाडका बेला मुल सडकभन्दा भित्री सडकहरुमा मादक पदार्थ सेवन गरी गाडी चलाउनेको...

मन्त्रिपरिषद् अध्यक्षबाट मनकामना र मौलाकालिकाको पूजा

२०७० असोज २६ गते ६:१९

काठमाण्डु, २६ असोज– मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले बडादसैंको अष्टमीका दिन पारेर गोरखाको मनकामना र नवलपरासीको मौलाकालिका मसन्दरमा पूजाअर्चना गरेका छन् । अध्यक्ष रेग्मी बिहान ९ बजे पूजाअर्चनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत मनकामना पुगेका थिए । त्यहाँ पूजाअर्चना गरेलगत्तै उनी हेलिकोप्टरबाटै नवलपरासीको गैंडाकोटमा रहेको मौलाकालिका...

काठमाण्डु उपत्यका सुनसान, ३० लाख बाहिरिए

२०७० असोज २६ गते ३:२९

काठमाण्डु, २६ असोज–मानिसहरु दसैं मान्न बाहिरिएपछि काठमाण्डु उपत्यकाको चहलपहल ह्वात्तै घटेको छ । शुक्रबार साँझसम्ममा सार्वजनिक यातायातका साधनबाट मात्र २८ लाख मानिस दसैं मान्न उपत्यकाबाट घर गएको यातायात व्यवसायीले जनाएका छन् । व्यवसायीका अनुसार शनिबार डेढ लाख यात्रुले घर जान अग्रिम टिकट लिएका छन्...

नवलपरासी र काठमाण्डुमा भएका दुर्घटनामा तीनको मृत्यु

२०७० असोज २६ गते २:५९

काठमाण्डु, २६ असोज– नवलपरासी र काठमाण्डुमा भएका तीन छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ना ३ ख ६९ ९५ नम्बरको बसले नवलपरासीको रजहरमा पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ...

बडादसैंको आठौं दिन आज महाअष्ठमी पर्व मनाइंदै

२०७० असोज २६ गते ०:३७

काठमाण्डु, २६ असोज– बडादसैँको आठौँ दिन आज नेपालभर दुर्गाभवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदैछ । यस उपलक्ष्यमा दसैँघर र कोतलगायत मुलुकका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ । काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us