रोल्पा, २८ असोज- उमेरले १९ वसन्त पार गरेकी खुग्री– ८ रोल्पाकी धना घर्ति तारा माध्यामिक विद्यालय विशेष शिक्षा कक्षा ८ मा अध्ययन गर्दै आएकी छिन् । एक वर्षको उमेरमा दादुरा रोगका कारण दुवै आँखा गुमाएकी धनाले घरको आर्थिक कम्जारी नै बाल्यकालको अध्ययन गर्नबाट वञ्चित...
काठमाण्डु, २८ असोज– राष्ट्रपति रामवरण यादवले तोकिएकै मितिमा ४ मंसिरमा सफलतापूर्वक संविधानसभा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् । राष्ट्रपति भवन शितलनिवासमा सोमबार परोहितका हातबाट टीका ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतान्त्रिक संविधान निर्माणका लागि सबै मिलेर तोकिएकै मितिमा संविधानसभा निर्वाचनमा सफल पार्नुपर्ने दोहोर्याएका...
काठमाण्डु, २८ असोज– दसैंका अन्य दिनमा खुलै रहेको निर्वाचन आयोगसहित देशभरका निर्वाचन कार्यालय विजया दशमीका दिन सोमबार बन्द भएका छन् । दसैंको मुख्य दिन भएकाले सोमबार निर्वाचन कार्यालयहरु बन्द गरिएको आयोग प्रवक्ता वीरबहादुर राईले जानकारी दिए । राईका अनुसार मंगलबारदेखि पुन: सबै कार्यालय पूर्ववत...
काठमाण्डु, २८ असोज– यसअघिको दसैंमा आफ्नो घरमा मान्यजनका हातबाट टीका र जमरा लगाएपछि उपत्यकासहित देशैभर मानिसहरुको चहलपहल देखिन्थ्यो । मानिसहरु मूल घरमा टीका थापेपछि अन्यन्त्र टीका लगाउन वा लगाइदिन हिंड्ने गर्थे । तर यसपटक सडकहरु सुनसान र हिलाम्य छन् । रातो टीका र पहेंलो...
काठमाण्डु, २८ असोज– विजया दशमी–२०७० का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद् अध्यक्षलगायत प्रमुख दलका शीर्ष नेताले सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति रामवरण यादवले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । राष्ट्रपति यादवले दसैं सामाजिक र...
काठमाण्डु, २८ असोज– नेपालीहरुको महान् चाड वडादसैँको दशौँ दिन आज आफ्ना मान्यजनका हातबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाइँदैछ । टीकाको उत्तम साइत बिहान ९ बजेर ५७ मिनेटमा रहे पनि दिनभर नै टीका लगाउन सकिने नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ...
तेह्रथुम, २७ असोज– तेह्रथुम सदरमुकाम म्याङलुङ बजार र आठराइमा भीषण आगलागी भएको छ । गएराति भएको आगलागीका कारण म्याङलुङमा स्थानीयका आठ घर र ११ पसल जलेर नष्ट भएका छन् । आगलागीमा म्याङलुङका चिरञ्जिवीमान श्रेष्ठका पाँच वटा तथा जयप्रसाद ढकाल र रघुनाथ श्रेष्ठको एकएक वटा...
काठमाण्डु, २७ असोज–दोस्रो संविधानसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको ७४ लाख मतपत्र छापिसकिएको निर्वाचन आयोगले जनाएको छ । आयोग प्रवक्ता वीरबहादुर राईले आइतबारसम्ममा ७४ लाख मतपत्र छापिसकिएको र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्ने काम जारी रहेको जानकारी दिए । उनले दसैंको बिदामा पनि...
काठमाण्डु,२७ असोज–मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट सुरु भएको ‘फाइलिन’ नामक आँधीबेहरीको प्रभाव नेपालमा परेको जनाएको छ । नेपालको पूर्वी तराई तथा मध्य तराईमा भारी वर्षा गराउने अवस्था रहेको र काठमाडौँ उपत्यकामा पनि त्यसको असरले बदली भई सामान्य वर्षा हुने अवस्था देखिएको वरिष्ठ मौसमविद् विद्यारत्न...
चौतारा–एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले आगामी मंसिर ४ गते हुने निर्वाचनपछि गठन हुने संविधानसभाले ६ महिनाभित्र संविधानको मस्यौदा तयार गरी एक वर्षभित्र संविधान घोषणा गर्ने राजनीतिक प्रतिबद्धता व्यक्त गरेका छन । राजनीतिक समितिमा भएको सहमति अनुसार सिन्धुपाल्चोक–२ स्थित आफनो निर्वाचन क्षेत्रका मतदाता समक्ष त्यस्तो...
विराटनगर, २७ असोज – मोरङको डाँगीहाटमा दुई युवा समूहबीच झडप हुँदा तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । डाँगीहाट–५ का दुई युवा समूहबीच सामान्य वषयमा भएको विवादले झडपको रुप लिएको हो । झडपमा दुवैतिरकाले एकअर्काविरुद्ध खुकुरी प्रहार गरेका थिए...
काठमाण्डु, २७ असोज – लागुपदार्थ ओसारपोसारमा संलग्न रहेको आरोपमा एक नेपाली भारतमा पक्राउ परेका छन् । दिल्ली प्रहरीले ३६ वर्षीय ओम गुरुङलाई नयाँदिल्लीबाट पक्रेको हो । गुरुङको नेपालस्थित ठेगाना खुलेको छैन । गुरुङको साथबाट ७ केजी चरेस बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ ।...