कञ्चनपुर, ३० असोज–संविधानसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि यहाँ विभिन्न राजनीतिक दलले राना थारु समुदायका १९ जना उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन् । राना थारु सङ्घर्ष समितिका अनुसार निर्वाचन क्षेत्र नं–१ बाट सातजना, निर्वाचन क्षेत्र नं– २ बाट आठजना, निर्वाचन क्षेत्र नं–३ बाट तीनजना र निर्वाचन...
विराटनगर, ३० असोज–नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसले आफ्नो घोषणापत्र आगामी हप्तामा जारी गर्ने बताएका छन । विराटनगरमा बुधवार सञ्चारकर्मीसँग कुरागर्दै उनले घोषणापत्र मस्यौदा समितिको बैठक बसेर दुईदिन भित्रै त्यसलाई टुङ्गो लगाई जारी गरिने बताए । घोषणापत्रमा विकास निर्माण, शिक्षा, स्वास्थ्य,...
काठमाण्डु,३० असोज–बडादसैँको बेला अप्रत्यासितरुपमा भएको तीन दिनसम्मको भारी वर्षाले आजित भएका आम नेपालीले मौसममा आएको सुधारसँगै राहत महसुुस गर्न थालेका छन् । बङ्गालको खाडीमा आएको ‘फाइलिन’ आँधीबेहरीको प्रभावका कारण गत आइतबारदेखि मङ्गलबारसम्म लगातार झरी परेपछि दसैँमा कठिनाइ बेहोरेका उनीहरू बुधबार बिहानैबाट मौसममा सुधार भई...
काठमाण्डु, २९ असोज– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने सविधानसभा निर्वाचनका लागि मंगलबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु गरेको छ । समानुपातिकको मतपत्र छाप्ने काम सकिएकाले प्रत्यक्षतर्फको छपाइको काम थालिएको आयोग प्रवक्ता वीरबहादुर राईले जानकारी दिए । समानुपातिकका लागि झण्डै १ करोड मतपत्र...
काठमाण्डु, २९ असोज- एकीकृत नेकपा माओवादीले दसैंलगत्तै चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवासमा सोमबारसाँझ बसेको केन्द्रीय कार्यालय बैठकले घोषणापत्रलाई अन्तिम रुप दिएर केही दिनभित्रै बाहिर ल्याउने निर्णय गरेको छ । नेता बाबुराम भट्टराई नेतृत्वको चुनावी घोषणापत्र लेखन...
काठमाण्डु, २९ असोज– भारतमा आएको आँधीका कारण तीन दिनदेखि बिग्रिएको मौसममा मंगलबारबाट केही सुधार देखिएको छ । मौसममा मंगलबारबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसामा आएको फाइलिन नामक आँधीको प्रभावका कारण नेपालका मध्य तथा पूर्वी भागमा आइतबारदेखि लगातार वर्षात भइरहेको...
काठमाण्डु, २९ असोज – नेकपा एमालेले आगामी संविधानसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची तयार भएको जनाएको छ । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले दसैंको बीचमा दुई दिनअघि बसेको स्थायी कमिटी बैठकले समानुपातिक तर्फका ३ सय ३५ जना उम्मेदवारको टुंगो लगाएको जानकारी काठमाण्डु टुडेलाई दिए...
काठमाण्डु, २९ असोज -विजया दशमीको भोलिपल्ट आज पनि देशका विभिन्न स्थानमा मान्यजनका हातबाट टीका र जमरा लगाएर आशिर्वाद थाप्ने क्रम जारी छ । खास गरी नेपालका मध्य तथा पूर्वी भेगमा कोजाग्रत पूर्णिमाका दिनसम्म दसैंको टीका र जमरा लगाउने चलन छ । तर केही दिनयता...
चितवन, २९ असोज– पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोकबाट माइक्रोबस त्रिशूलीमा खस्दा बेपत्ता भएका ११ जनाको अवस्था अझै अज्ञात छ । बेपत्ताको खोजीकार्य मंगलबार बिहानेदेखि जारी छ । खोजीमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन् । वर्षातका कारण नदीमा पानीको बहाव उच्च भएकाले खोजीकार्य...
काठमाण्डु, २८ असोज -अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचन नेपाल र नेपालीको भविष्यसँग जोडिएको बताएका छन् । बडादशैंका अवसरमा सोमबार आफ्नो सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानसभा निर्वाचन मुलुक र मुलुकबासीको भविष्यसँग गाँसिएको बताएका हुन् । उनले संविधानसभा निर्वाचनमा होमिन राजनीतिक दल र...
रोल्पा, असोज २८ एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । देश निर्माण गर्न माओवादीमात्र सक्षम पार्टी भएको दाबी गर्दै अबको निर्वाचनमा जनताले विश्वासका साथ विजय गराउने बताए । रोल्पा क्षेत्र नं. १ का...
काठमाण्डु २८ असोज-वर्षदिनमा एक पटक आउने नेपालीहरुको महान चाड बडादसैँ यतिखेर नेपालीको घरघरमा आपसमा खुसीयालीसँगै धुमधामका साथ मनाईदैंछ । विजयादशमीको दिन सोमबार मान्यजन र आफन्तबाट टीका र जमरा लगाइ आशिर्वाद थाप्ने क्रम चलिरहेको छ । विजयदशमीको रौनक जति छ आम नेपालीहरुमा त्यो भन्दा राजनीतिक...