मौसममा सामान्य सुधार

काठमाण्डु टुडे २०७० असोज २९ गते ७:५५ मा प्रकाशित

काठमाण्डु, २९ असोज– भारतमा आएको आँधीका कारण तीन दिनदेखि बिग्रिएको मौसममा मंगलबारबाट केही सुधार देखिएको छ ।
मौसममा मंगलबारबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उडिसामा आएको फाइलिन नामक आँधीको प्रभावका कारण नेपालका मध्य तथा पूर्वी भागमा आइतबारदेखि लगातार वर्षात भइरहेको छ ।

दशैंको बीचमा मध्य वर्षातमा जस्तै पानी परेपछि नेपालीको दसैंसमेत खल्लो भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us